रोनाल्डो विश्वको सबैभन्दा महँगो कार चढ्दै

एजेन्सी, २२ साउन

पोर्चुगलका लोकप्रिय फुटबलर क्रिस्टियानो रोनाल्डोले विश्वको सबैभन्दा महँगो कार चढ्ने भएका छन् । जसको मुल्य सुन्दा धेरै मान्छेहरु अचम्म पर्छन् । यो कार खरीद गर्न उनले ७५ करोड खर्च गरेका छन् ।

रोनाल्डोले किनेको कार बनाउने कम्पनीले त्यस्तै १० वा कारहरू बनाएको छ । जुन गाडीको नाम हो बुगाटी ला भोव्रे । ३५ बर्षका स्टार फुटबलर रोनाल्डोले आफ्नो फोटो आफ्नो प्रशंसकलाई इन्स्टाग्राममा अपलोड गरेर जानकारी गराएका छन् ।

महँगो कारको मालिक रोनाल्डोसँग अहिले ३० करोड युरो भन्दा बढीरुपैयाँ रहेको छ ।  यो कार ३८० किमी प्रति घन्टाको रफ्तारमा जान सकछ । यो कार चढ्न रोनाल्डोले २०२१ सम्म कुर्नु पर्ने छ ।

 

प्रकाशित मिति : २०७७ साउन १९ गते सोमवार
प्रतिक्रिया