राष्ट्रपतिको निर्वाचन प्रक्रिया आजबाट

फागुन २१, २०७४

काठमाण्डौं,२१ फागुन ।
राष्ट्रपतिको निर्वाचन प्रक्रिया आजबाट सुरु हँदैछ । आज चुनावका लागि नामावली प्रकाशन गरिनेछ । २९ फागुनमा राष्ट्रपतिको निर्वाचन हुने भएकाले संघीय संसद्को दुवै सदनमा कुनै पनि कार्यक्रम नराखिएको संसद् सचिवालयले जनाएको छ । नर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन मिति तोकेर सरकारलाई जानकारी गराउनुपर्छ । आयोगले २९ फागुनका लागि राष्ट्रपतिको निर्वाचन मिति तोकिसकेको छ ।

संघीय संसद्का सांसद र प्रदेश सभाका सांसद राष्ट्रपतिको निर्वाचनका मतदाता हुन् । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन ऐनअनुसार संघीय संसद्का एक सदस्यको मतभार ७९ तोकिएको छ भने प्रदेश सभाका एक सदस्यबराबरको मतभार ४८ तोकिएको छ । ७ वटै प्रदेश सभाका ५५० र संघीय संसद्का ३३४ गरी ८८४ सदस्य राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका मतदाता हुन  ।

प्रतिक्रिया दिनुहोस