सन्दिप लामिछाने क्रिस गेलको क्लबमा

१८ फागुन, काठमाडौं ।

नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेले क्यारेवियन प्रियियर लिग खेल्ने भएका छन् । उनलाई सीपीएलको सेन्ट किट्स एण्ड नभिस पेट्रियर्सले ५ हजार डलरको बोली लगाएको छ । उनी यसै सिजन आईपीएल टिम दिल्ली डेयर डेभिल्समा आवद्ध भएका छन् । हाल विश्वकप छनोट खेल्न जिम्बाब्वेमा रहेका उनी आईपीएल खेल्न भारत जाने छन् ।

क्लबले सन्दिप क्यारेबियन लिगमा पूर्ण उपलब्ध हुने अपेक्षा गरेको छ । वेष्टइण्डिजमा हुने यो लिगको टिम सेन्ट किट्स एण्ड नभिस पेट्रियर्सको कप्तान क्रिस गेल हुन् । सन्दिपले पनि लिगमा आवद्ध हुन पाएकोमा खुसी व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०७४ फाल्गुन १८ गते शुक्रवार
प्रतिक्रिया