ट्रम्पका सल्लाहकार हिक्सले दिइन् राजीनामा

फागुन, १७ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार होप हिक्सले राजीनामा दिने घोषणा गर्नुभएको छ । ह्वाइट हाउसको सञ्चार निर्देशक समेत रहेकी उहाँले ट्रम्पलाई कुनै पनि शब्दमा धन्यवाद व्यक्त गर्न नसक्ने बताउनु भएको छ ।

राष्ट्रपति ट्रम्पको पक्षमा झुटो बोलेको स्वीकार गरेका विवरणसँग यो राजीनामा नजोडिएको प्रतिक्रिया दिइएको छ ।राष्ट्रपति ट्रम्पले होप हिक्सलाई साँच्चिकै असल मानिस भन्दै अभाव खट्किने बताउनु भएको छ । २९ वर्षीया होप हिक्स पूर्व मोडेल तथा ट्रम्प अर्गानाइजेसनकी पूर्व कमर्चारी समेत हुनुहुन्छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन १७ गते बिहिवार
प्रतिक्रिया