टोपीको महत्व वताउदै मिनबहादुर

तुलसीपुर, १७ फागुन

शान्ति नगरगाउँपालिका ४ गिधनिया निवासी ५३ बर्षका मीनबहादुर केसी सल्यान रोड स्थित रेडियो प्रकृतिको कार्यालय भित्र टुप्लुक्क आइपुगे । सबैलाई नमस्कार गर्दै आफु रेडियो सम्म आउनुको कारणबारे अभ्भिएरै आफना धारना राख्न सुरु गरे । कारण रहेछ आज टोपी दिवस । ‘शिरमा टोपी लगाउ, ठन्डी र गर्मीबाट शरिरको महत्वपूर्ण अंग जोगाऊ’ एक हरफ भने पछि टोपीको साइनो नेपाली पहिचान संग जोडिएकाले राष्ट्रियता प्रति पनि केहि चिन्ता व्यक्त गरे । रेडियो प्रकृति सम्म आइपुग्दा उनि पाँचौ संचार गृहमा पुगेका रहेछन् । यस अघि उनि प्रचारका लागि नयाँ युगबोध, रेडियो संजिवनी, रेडियो तुलसीपुर र राप्ती समाचार दैनिकको कार्यालयमा पुगेको र बाँकी संचार गृहमा पुग्ने बताएका थिए ।
सिकिम्मबाट पाठ सिकौ, नेपाल राष्ट्रि बचाउ, हिन्दु धर्म जोगाऊ, राष्ट्रिय पोशाक दौरा, सुरुवाल, टोपी र कोट लगाउँ भन्ने अभियानमा केसी लागेको अहिले सात बर्ष पुग्नै लागेको छ । केसीले एकीकरण विचार मित्र प्रहार नामक पुस्तक समेत प्रकाशीत गर्नु भएको छ । पुस्तकमा इतिहास, संकृति र राजनीतिक विचार समेटिएको छ ।

 

प्रकाशित मिति : २०७४ फाल्गुन १७ गते बिहिवार
प्रतिक्रिया