खसीकपको उपाधि पत्रकारको समुहलाई

फागुन १७, २०७४

तुलसीपुर,१७ फागुन ।
रेडियो हाम्रो पहुँचको आयोजनामा भएको खसीकप मैत्रीपुर्ण फुटवल प्रतियोगीताको उपाधि पत्रकारको समुहले जितेको छ । रेडियो हाम्रो पहुँच र तुलसीपुरमा रहेका पत्रकारहरुका विचमा भएको प्रतियोगीतामा पत्रकार समुहले ६–२ ले जितेको हो । सुरुदेखि नै अत्यन्त दवावमा राखेको पत्रकार समुहबाट टिम क्याप्टेन विमल गौतमले २ , देवराज भण्डारीले १, कमल कृष्ण काफ्लेले १, नविन भण्डारीले १ र अन्त्यमा सञ्तोष वलीले १ गोल गरेका थिए । हाम्रो पहुँच रोडियोको तर्फवाट विकाश नेपाली एक्लैले २ गोल गरेका थिए ।

तुलसीपुरको अरनिको मैदानमा विहीवार विहान भएको प्रतियोगीतामा तुलसीपुर निवासी टोपबहादुर महतराले ११ हजार बरावरको खसी उपहारको व्यवस्था गरेका थिए । प्रतियोगितामा रेडियो हाम्रो पहुँचका अध्यक्ष शुक्रराज भण्डारी र टोपबहादुर महतराले पुरस्कार वितरण गरेका थिए । कार्यक्रमको सहजीकरण रेडियोका स्टेशन म्यानेजर बसन्त पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस