देउवाले नयाँ पुस्तालाई ठाउँ छोड्नुपर्छ

 

नेपाली कांग्रेसका युवा पुस्ताका चर्चित नेता हुन् गगन थापा । नेपाली कांग्रेसलाई घिच्याएर गणतन्त्रसम्म ल्याउने श्रेय उनै थापालाई जान्छ । नेविसंघबाट राजनीतिमा प्रवेश गरेका थापा पूर्वस्वास्थ्यमन्त्री समेत हुन् । स्वास्थ्यमन्त्री हुँदा स्वास्थ्य क्षेत्रमा केही राम्रा काम गरेका थापा त्यस्ता भाग्यमानी नेता हुन्, कांग्रेसका शीर्ष नेताहरूले समेत चुनाव जित्न नसकेका बेला उनले सानदार मत ल्याएर जिते । काठमाडौं क्षेत्र नं. ४ का सांसद समेत रहेका थापा कांग्रेसले पार्टी नेतृत्वको सन्दर्भमा बहस गर्दै संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाले नयाँ व्यक्तिका लागि ठाउँ खाली गर्नुपर्ने धारणा राख्छन् । थापासँग  गरेको कुराकानी :

 

 

 

प्रतिनिधिसभा तथा राष्ट्रिय सभा निर्वाचनको परिणामलाई कसरी हेर्नुभएको छ ?

सर्वप्रथम संविधानसभा र व्यवस्थापिका संसद्को जिम्मेवारी पाएको सदन भनेको सबैभन्दा सफल सदन हो । जुन संविधानसभाले मुलुकलाई नयाँ सविधान दियो र संविधान कार्यान्वयनका लागि आवश्यक पर्ने निर्वाचन सम्पन्न गर्न सक्नु नै पहिलो उपलब्धि हो । यसको नेतृत्व नेपाली कांग्रेसले नै ग¥यो । यसरी हेर्दा नेपाली कांग्रेस आफू मुलुकको हितका लागि सफल भएको छ । त्यो हिसाबले भन्ने हो भने सम्पन्न निर्वाचनमा कांग्रेसले पुरस्कार नै पुरस्कार पाउनुपर्ने हो । जिम्मेवारी पनि पूरा ग¥यो । कांग्रेसले स्थापनाकालमा सुरु गरेको राजनीतिक विचार प्रूरा भएका छन् । यसरी राजनीतिक विचार पूरा हुँदा हुँदै पनि हामीले पछिल्लो निर्वाचनमा हार बेहोर्नुप¥यो । यसका पछाडि धेरै कारण छन् । पहिलो कारण भनेको हामीले मुलुकको अस्थिर राजनीतिका लागि स्थायित्व दिने काममा जुन भूमिका खेले पनि पछिल्लो निर्वाचनमा कम्युनिस्ट पार्टीहरू एक भएर गठबन्धन गर्दै निर्वाचनमा सहभागी हुनु पहिलो कारण हो ।

दुईवटा पार्टी एक भएर जाँदा परिणाममा फरक आउनु स्वाभाविक पनि हो । निवार्चन भनेको भोटको अंकगणित नै हो । यसले गर्दा दुई राजनीतिक दल जुन अघिल्लो सदनमा दोस्रो र तेस्रो स्थानमा थिए । उनीहरूको गठबन्धन हुनु नै हाम्रा लागि हारको कारण भएको स्पष्ट छ । यति हुँदाहुँदै पनि कांग्रेसले स्थापना कालमा नै सोचेको विषय मुलुकको विकासका लागि धेरै दलहरू भन्दा पनि थोरै दलहरूबीच प्रतिस्पर्धाको कल्पना गरिएको थियो । दुई कम्युनिस्ट पार्टी एक हुने क्रममा छन् । दुई पार्टी एक भएपछि उनीहरूको शक्ति स्पष्ट हुन्छ । नेपाली कांग्रेसले पनि सोही ढंगबाट तयारी गर्नुपर्ने आवश्यकता आउँछ ।
पछिल्लो निर्वाचनको परिणामले हामीलाई धेरै कुरा सिकाएको छ । राजनीतिक संक्रमण समाप्त पार्न सबैको भूमिका महŒवपूण भएजस्तै मुलुकको विकासका लागि पनि सबै राजनीतिक दलको भूमिका त्यत्ति नै आवश्यक छ । राजनीतिक दलहरू सबैले एक भएर जाने अवस्थामा मुलुकको समृृद्धि अवश्य हुनेछ । दुई पार्टी हामी मिलोस्् भन्ने चाहिँ चाहँदैन थियौं । एक हुने विषय रोक्न कांग्रेसको रणनीतिक कौशल भंग भएको स्पष्ट देखिन्छ ।

मुलुकमा धेरै परिवर्तन भए पनि मानिसमा परिवर्तनको प्रतीक्षा मोह बढेर गएको देखिन्छ । यसमा हामीले परिवर्तनका लागि कुनै काम गर्न सकेनांै । जुन राजनीतिक परिवर्तन र स्थायित्वका लागि भूमिका खेलियो । यो आमजनतका लागि महŒवपूर्ण हुन सकेन । परिवर्तनको विषयमा मानिसलाई अधैय बनाएको छ । यसले आममानिसले नेतृत्वमा पनि परिवर्तन चाहेका थिए । त्यस विषयमा हामी चुकेका छौं । यसो भनिरहँदा हामी वाम गठबन्धन भएको ठाउँमा पनि हा¥यौं । तर, यसपटक हामीले जोडतोडले लडेर र उठाएको मुद्दा भनेको मधेसको मुद्दा थियो । त्यहाँ वाम गठबन्धन कमजोर भएर पनि हामीले त्यहाँ पनि हार बेहोर्नुप¥यो । हामीले वाम गठबन्धनका कारणले हार्नु मेजर कुरा थियो । त्यत्ति मात्रै भनेर हामीले धर पाउने अवस्था छैन । वाम गठबन्धन कमजोर भएको ठाउँमा पनि हामीले हा¥यौं ।
यी कुरालाई हेर्ने हो भने पार्टीभित्र ठूलो क्राइसिस छ भन्ने कुरा स्पष्ट पार्छ । कांग्रेसलाई माया गर्ने पुराना नेता कार्यकर्ताहरू बाँडिएर गएका छन् । नयाँ बनेका पार्टीहरूमा कांग्रेसबाट नै जनता गएका छन् । तर, थपिने काम भने भएकै छैन । नयाँ पार्टीहरूमा नेतादेखि कार्यकर्तासम्म कांग्रेसबाट नै गएका छन् । हाम्रोमा अन्यबाट मतदाता आउन सकेका छैनन् । यसरी नै जाने हो भने आगामी ५ वर्षपछिको निर्वाचनलाई समेत चुनौती नै चुनौती थपिएको छ । यस्तो चुनौतीबीचमा हामी रहेका छौं ।

निर्वाचनमा हार बेहोर्नुको पछाडि उम्मेदवार छनोटले कस्तो भूमिका खेल्यो ?

अहिलेकै अवस्थामा यी यावत् कुराको बाबजुद पनि उम्मेदवार छनोटमा मात्रै पनि विवेक प्रयोग गरेको भए, न्याय पु¥याएको भए, पार्टीका नेताहरूलाई, पार्टीका नेता कार्यकर्ता तथा साथीहरूलाई नहेपेको भए यस्तो स्थिति हुने थिएन । अलिकति लोकको मत लिन मतदाता भनेको शक्तिशाली हुन्छ भन्ने कुरा नेतृत्वले मानेको भए मेरो हिसाबले भन्ने हो भने अहिलेभन्दा २० सिट बढी थपिनसक्थ्यो । उम्मेदवारी छनोटमा भएको कमजारीका कराण नै २० सिट हामीले गुमाएका छौं ।
नेताहरूको पार्टीभित्र जुनखालको दादागिरी रह्यो । जनु हेपाइ भयो । त्यो हेपेको चाहिँ पार्टीको मान्छेलाई हेपेको भयो । तर, हेपेको कुरा प्रकारान्तरले जनतालाई हेपेको भयो । निर्वचनका बेला जनतालाई हेप्दा त्यसको मुल्य चुकाउनुपर्दैन ? दुई पार्टी मिलेका छन्, मधेसमा पनि हामीलाई एक्ल्याइएको छ भन्ने विषयमा पार्टीको नेतृत्वमा बस्ने अर्थात् टिकट बाँड्ने ठाउँमा बसेका नेताले सोचिदिएको भए हुन्थ्यो । पार्टीका मुख्य नेताहरूले सिंगो पार्टीको कार्यकर्ताले जसरी पार्टीलाई जिताउन लागे त्यसरी नै टिकटमा भूमिका खेलेको भए हाम्रा स्थिति यस्तो हुँदैनथ्यो ।

 कांग्रेसले स्थापनाकालमा सुरु गरेको राजनीतिक विचार पूरा भएका छन्
 हामीले परिवर्तनका लागि कुनै काम गर्न सकेनांै 
 उम्मेदवारी छनोटमा भएको कमजोरीका कारणै २० सिट हामीले गुमाएका छौं 
 अब कांग्रेसलाई नया“ मिसन चाहियो । त्यो मिसन पहिचान गर्नुप¥यो, परिभाषित गर्नुप¥यो 
 हाम्रो पुरानो मिसनको नेतृत्वमा बीपीदेखि शेरबहादुर देउवासम्मले नेतृत्व गरेर सफल बनाउनुभएको छ
 हल्का रुपमा प्रस्तुत हुनुले प्रधानमन्त्रीमा गाम्भीर्यको कमी भएको जस्तो देखिएको छ

निर्वाचन परिणामपछि पार्टी नेतृत्व परिवर्तन र पार्टी पुनर्जागरण अभियान सुरु भएको छ । यो कस्तो अभियान हो ?

सबैभन्दा पहिलो कुरा त यो अभियानलाई नेतृत्वसँग मात्रै जोडेर नहेरौं । यसलाई हामीले अगाडि बढाउन खोजेको चाहिँ पार्टीभित्रको शुद्धीकरण र आममानिसमा कांग्रेसको नयाँ विचारधाराको विकास गर्ने विषय नै हो । २००३ सालमा बीपी कोइरालाले जुन कुरा लेख्नुभयो । जसमा ‘यो पार्टी स्थापनाको एउटा मिसन छ, त्यो मिसन भनेको जनउत्तरदायी शासन व्यवस्था कायम गर्ने, त्यसको आधारमा परिवर्तन गर्ने ।’ यो मुलुकमा संविधान निर्माण र संविधानबाट तय गरेका संरचनाहरू निर्वाचनबट गठन गर्ने कुरा पूरा भएको छ । नेकपा एमाले र माओवादी केन्द्र प्रतिस्पर्धाको राजनीतिलाई स्वीकार गरेर एक भई जुटे । एकजुट भएर आफूहरूले श्रेष्ठता हालिस गर्ने कुरामा नेपालका कम्युनिस्ट पार्टी एक भएर आएको अवस्थाले कांग्रेसको संस्थापनले जुन ध्येय र मिसनले पार्टी खोलेको हो, त्यो अब पूरा भयो ।
अब कांग्रेसलाई नयाँ मिसन चाहियो । त्यो मिसन पहिचान गर्नुप¥यो, परिभाषित गर्नुप¥यो । त्यो नयाँ मिसनलाई कांग्रेसका सबै मानिसले आफ्नो मिसन बनाउनुप¥यो । त्यसरी नेताहरूले आफ्नो मिसनलाई जनताकहाँ लगेर बुझाउनु सक्नुप¥यो । त्यो मिसन बुझाउन सक्यो भने जनताले फेरि हाम्रो मिसनमा साथ दिनेछन् । जनताले आफूले त्यो मिसन बुझ्न र हामीले बुझाउन सक्यौं भने बल्ल ५ वर्षपछि त्यो मिसनको प्रतिफलका रूपमा जनताले हामीलाई भोट दिनेछन् । नत्र यत्तिकै कुनै उपब्धि हासिल हुँदैन । बरु हामी सकिँदै जानेछौं ।

 

त्यो कस्तो मिसन हो ?

जनतासम्म पुग्ने र जनतालाई बुझाउने गरी मिसन बनाउने हामीले भनिरहेका छौं । यो अभियानले नेतृत्व मात्रै हैन, त्यो मिसनलाई सबैले स्वीकार गर्न सक्ने र राजनीतिक स्थायित्व भएको सन्दर्भमा पनि हामीले अबको मिसन भनेको समृद्धिको मिसन हो भनेका छौं । त्यो समृद्धि भनेको हाम्रो सन्दर्भमा आर्थिक विकाससँग जोडिने मात्रै हैन । संविधान त आयो, नयाँ व्यवस्था पनि आयो तर यो व्यवस्थालाई कार्यान्वयनमा ल्याउन सकिएन भने यसको कुनै सार्थकता छैन । यसलाई सार्थक बनाउँदै प्राप्त गर्ने भनेको नै समृद्धि हो । त्यो भनेको सबैको सहभागिता हो । त्यो समृद्धिमा अंश पनि सबैको हुने सहभागिता पनि सबैको हुने र योगदान पनि सबैले गर्नुपर्ने गरी त्यो समृद्धिको मिसन हामीले चाहेका हौं ।
त्यो मिसनलाई पूरा गन कांग्रेससँग कार्यक्रम के छ ? कसरी गर्छ ? भन्ने विषयमा हामी अहिलेको अभियानका रूपमा अघि बढाएका हौं । आगामी ५ वर्षपछिको निर्वाचनमा सातै प्रदेशसहित केन्द्रमा कांग्रेसको नेतृत्वको सरकार बनाउने मिसनमा हाम्र्रो अभियान जारी । अहिलेसम्म पार्टीलाई यो अवस्थामा ल्याउने काममा पार्टी नेतृत्वको भूमिका महŒवपूर्ण नै छ । हामीले सबै नेताहरूको साथमा नयाँ मिसन बनाएर लैजान यो अभियान सुरु गरेका हौं । हाम्रो पुरानो मिसनको नेतृत्वमा बीपीदेखि शेरबहादुर देउवासम्मले नेतृत्व गरेर सफल बनाउनुभएको छ । अबको मिसन बनाउनेदेखि कार्यान्वयन गर्नेसम्म पनि उहाँहरूले नै नेतृत्व गर्छु भन्नुहुँदैन । अब त, नयाँ मिसनका साथ नयाँ नेतृत्व आउनुपर्छ भन्ने हो ।

मुलुकको समृद्धि मिसनलाई सफल बनाउन अबको ५ वर्ष कसरी जानुहुन्छ ?

अहिले बन्दै गरेको सरकारको विषयमा हामीले हेर्न बाँकी नै छ । तर, अहिलेको सरकारले गर्ने कामको विषयमा हामी सचेत र संयम भएर मुलुकको समृद्धिका लागि सरकारले ल्याएको कार्यक्रमममा साथ दिएर जानुपर्छ । हामीले जुन विषय उठाउँदै आएका छौं, त्यो मिसन पू्ररा गर्ने गरी हामी लाग्नुपर्छ । हामी ५ वर्षका लागि सरकारमा पो छैनौं त ? हामी ठूलो शक्ति र जिम्मेवारीका साथ छौं । संविधानको सार्थकर्ता पूरा गर्ने गरी हाम्रो अभियान हुनेछ । अबको ५ वर्षपछि चुनाव गर्ने सुनिश्चितताको विषयमा पनि हामीले भूमिका खेल्नुपर्ने हुन्छ । यो ५ वर्षको अवधि भनेको पहिलोपटक नयाँ व्यवस्थाको प्रयोग गरिँदै छ । यसलाई सफल बनाउने काममा सबै जुट्नुपर्ने हुन्छ । त्यसमा हामीले सकारात्मक सहयोगका लाग हाम्रो समृद्धि मिसनमा सक्रिय भएर लाग्ने सोच बनाएका छौं ।
देशलाई संविधानको ट्र्याकमा लैजान हामीले भूमिका खेल्नेछौं । कम्युनिस्ट सरकार बनेपछि निर्वाचन नै हुँदैन कि भन्ने हामीले आशंका गरिरहेको विषयको ५ वर्षपछि निर्वाचनको सुनिश्चितता हुनु पनि हो । पहिलो कुरा त ५ वर्षको अवधिमा संविधान कार्यान्वयनको पूर्णता हुनु र मुलुकको विकासका ढोकाहरू खुला हुने वातावरण बनाउने गरी हामी अभियानमा जुट्नेछौं । त्यसपछि हुने निवार्चनमा हामी जित्ने गरी काम गर्नुपर्छ । कांग्रेसले आफ्नो नेतृत्वको संविधान बनाएको विषयमा आफ्नो नेतृत्वदायी भूमिका स्पष्ट पार्दै मुलुकको समृद्धि विकासमा हामी महŒवपूर्ण पाटो हौं भन्ने गरी जुटेर लाग्नुपर्छ ।

प्रतिपक्षमा तपार्इंहरूको भूमिका कस्तो हुनेछ ?

सर्वप्रथम त हामीले स्थानीय तहको सरकार धेरै ठाउँमा हाम्रो नेतृत्वमा सञ्चालित छ । प्रदेश र केन्द्रमा हामी प्रतिपक्ष भए पनि स्थानीय सरकारमा हामी रहेका ठाउँमा उदाहरणीय काम गरेर हामीले देखाउनुपर्छ । जुन विषयमा हामीले अन्य स्थानमा हामीले जितेको ठाउँमा यस्तो समृद्ध स्थानीय तह बनायौं भन्ने सन्देश दिनु पहिलो आवश्यकता रहेको छ । हामी जित्यौं भने हामी यसरी सरकार चलाउँथ्यौं भन्ने सन्देश दिन ठाउँका रूपमा हामीले स्थानीय सरकारबाट काम थालनी गर्नुपर्छ । हामीले थालनी गरेको कामबाट अन्यले पनि अनुसरण गर्ने वातावरण बनाउने गरी काम गर्नुपर्छ । त्यसपछि प्रदेश सरकारमा हामी प्रतिपक्षको भूमिका रहेका छौं । प्रदेशिक विषयम सातै प्रदेशमा सशक्त र शक्तिशाली प्रतिपक्षको भूमिका हामी रहनुपर्छ । केन्द्रमा पनि हामी प्रतिपक्षमा रहिरहँदा यसपटक अलि फरक तरिकाले प्रस्तुत हुनुपर्छ । हामीले कतै पनि ध्वंसात्मक गतिविधि गर्नुहुँदैन । धेरै प्रतिकारात्मक रूपमा पनि हामी प्रस्तुत हुनुहुन्न । त्यसले हामीलाई टिकाउँछ । कांग्रेसले जिम्मेवारीपूर्ण रूपमा आफ्नो कर्तव्य पूरा गरेको छ भन्ने हामीले सन्देश दिनुपर्छ । यसले गर्दा हामी कुनै समयमा मुलुकको अहित हुने गरी हुने निर्णयमा हामीले विरोध गर्दा जनताको साथ पाउने गरी हामी सकारात्मक प्रतिपक्षका रूपमा उभिनुपर्छ ।

अहिलेको सरकारको प्रारम्भिक गतिविधिलाई कसरी हेरिएको छ ?

यो सरकार नेपालका राजनीतिक सन्दर्भमा सुविधाजनक अवस्थामा भएको सरकार हो । उहाँहरूको पछिल्लो अंकगणित हेर्दा करिब दुई तिहाइको समर्थनको अवस्था रहन सक्छ । त्यसो हुँदा सातै प्रदेशमा सत्तासीन दलहरू र ५ सयको हाराहारीमा स्थानीय सरकार उहाँहरूसँग नै हुने देखिन्छ । नेपालमा सबै राजनीतिक जटिलता समाप्त भएको अवस्था छ । अर्को कुरा हाम्रो सरकारको आयु अत्यन्तै छोटो हुने कुराले हामीलाई सधैं पिरोल्दै आएको थियो । त्यो पनि अहिले नहुने र ढुक्कले ५ वर्ष सरकार सञ्चालन गर्न पाउने गरी यो सरकार बनेको छ । अहिले पनि काम गन नसक्ने र काम नगर्ने हो भने हात उठाए हुन्छ । हाम्र्र्रो तर्फबाट यो सरकारका लागि शुभेच्छा पनि छ । यसले आफ्नो काम गरेर देखाओस् । नेपालीको मानको अर्को चरणमा पु¥याओस् । अहिलेको सरकारले गरेको कामभन्दा राम्रो काम गर्ने गरी हामीले योजना बनाउने वातावरण बनाओस् । यो सरकारले कुनै काम गर्न नसक्ने होस् भन्ने हामीले सोचेका पनि छैनौं र कांग्रेस सधैं सहयोगी बनेर जाने वातावरण बनोस् । हामी यही चाहन्छौं ।
निर्वाचन लगत्तैदेखि अहिलेको प्रधानमन्त्रीबाट देखिएको गतिविधि तथा अहिले सरकारमा गएपछिका केही निर्णय हेर्दा त्यस्तो वातावण हुँदैन कि भन्ने चिन्ता छ । उहाँमा मुलुकको समृृद्धितर्फको गाम्भीर्य नभएको महसुस गरिएको छ । उहाँमा दम्भ पनि उत्तिकै देखिन्छ । मुलुकको यति ठूलो जिम्मेवारी मैले पाएको छु यसलाई जिम्मेवार भएर कार्यान्वयनमा लैजाने र केही गरेर देखाउनेभन्दा पनि हल्का रूपमा प्रस्तुत हुने कुराले उहाँमा गाम्भीर्यको कमी भएको जस्तो देखिएको छ । अझै पनि उहाँले गर्ने समय भएकाले तत्कालै केही समीक्षा गरिहाल्ने अवस्था छैन । शुभकामना छ । आगामी दिनमा राम्रो काम गर्ने र मुलुकलाई समृद्धितर्फ लैजान सक्नुहोस् ।
धेरै काम गर्नु पर्नेछ । स्थानीय तहदेखि प्रदेश र केन्द्रबाट गर्ने कामको विषयमा संघीयता कार्यान्वयनका विषय जटिल बन्दै गएको छ । केही नेताले संघीयता मुलुकका लागि घाँडो हो भन्ने गर्दै आएका छन् । तर, संघीयता कार्यान्वयन गर्न नसक्ने अवस्था आउनै दिनुहुँदैन । संघीयताले काम गर्न सक्छ भन्ने कुरा प्रधानमन्त्रीले गरेर देखाउनुपर्छ । वर्षौं लगाएर गरिएको उपलब्धि गुम्न दिनुहुँदैन । त्यसतर्फ प्रधानमन्त्री सचेत भएर लाग्नुपर्छ ।

अन्त्यमा, कांग्रेसको संसदीय दलको नेता कस्तो व्यक्ति हुनुपर्छ ?

नेपाली कांग्रेसको संसदीय दलको नेता चयनको प्रक्रियामा हामी छौं । संसदीय दलको नेता चयन गर्ने विषयमा अहिले पार्टी सभापति शेरबहादुर देउवाले नयाँ व्यक्तिलाई संसदीय दलको नेता बनाउनुपर्छ । हुन त, हाम्रो पार्टीमा नयाँ भन्दाभन्दा धेरै पुस्ता भएकाले अग्रज नेताबाट नै नयाँ व्यक्ति आउनुपर्छ भन्ने मेरो धारणा हो । नयाँ व्यक्तिका लागि उहाँले ठाउँ छोडिदिनुपर्छ । जसरी २०५१ सालको निर्वाचनमा पाटीले हार बेहोरेपछि तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले देउवालाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गर्ने वातावरण बनाउनुभएको थियो । त्यसरी नै अहिले पनि उहाँले स्पेस छाडिदिनुपर्छ । नयाँ व्यक्तिलाई ल्याउँदा नयाँ कुरा केही आउन सक्छ । नेपाली कांग्रेसप्रति जनताको मोह भंग भएको अवस्थामा केही परिवर्तन त गर्नै प¥यो नि । पार्टी सभापति पनि आफैं हुने संसदीय दलको नेता पनि आफैं हुने हो भने के परिवर्तनको आस गर्न सक्छन् त जनताले ? त्यसैले उहाँले सर्वसम्मत रूपमा नयाँ नेतृत्वलाई दलको नेता बनाउने गरी अगाडि बढ्नुपर्छ । सर्वसम्मतका लागि उहाँले छोड्नुभएन भने प्रतिस्पर्धा हुन्छ । कसले कोसँग प्रतिस्पर्धा गर्छ भन्ने अर्को कुरा रहला तर उहाँ आफैं भने दलको नेता हुन प्रतिस्पर्धाबाटै आउनुपर्ने हुन्छ ।

राजधानी दैनिकबाट 

प्रकाशित मिति : २०७४ फाल्गुन १४ गते सोमवार
प्रतिक्रिया