वन महासंघको बिधानमा संसोधन

तुलसीपुर, ८ फागुन ।
राज्यको पुर्नसंरचनासँगै सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले पनि आफ्नो बिधानमा संसोधन गरेको छ । वन तथा वातावरणको क्षेत्रमा भइरहेका गतिबिधिलाई थप प्रभावकारी बनाउनकालागि वन महासंघले पनि राज्यको संरचना अनुसार स्थानीय, जिल्ला, प्रदेश र संघीय गरी चार तहको संगठन बनाउने निर्णय गरेको छ ।

जिल्ला महासंघ अव समन्वयकारी भूमिकामा रहने बिधानमा उल्लेख गरिएको छ । प्रदेश नं ५ को आज मंगलवार दाङको घोराहीमा भएको दोस्रो प्रदेश स्तरीय बैठकमा वन महासंघको पाँचौ संसोधित बिधान–२०७४ र सांगठनिक नियमावलीको चौथो संसोधनका बारेमा बुँदागत छलफल गरिएको थियो ।

संसोधित बिधान र सांगठिनक निमावली अनुसार २०७४ चैत मसान्तभित्र स्थानीय महासंघ र २०७५ बैशाख मसान्तभित्र प्रदेशस्तरीय वन महासंघ गठन गर्ने निर्णय बैठकले गरेको बैठकपछि वन महासंघ दाङका सचिव एंव प्रवक्ता हेमराज शर्माले जानकारी दिए । प्रदेशस्तरीय महासंघ गठनपछि संघीय महासंघको अधिवेसन गरिने बिधानमा उल्लेख गरिएको छ ।

बिधान र सांगठनिक नियमावलीमा उठेका प्रश्नहरुको जवाफ दिदै वन महासंघका केन्दीय उपाध्याक्ष भिमप्रकाश खड्काले राज्यको संरचना अनुसार उपभोक्ताहरुको अधिकार र सेवा प्रवाहका लागि यस्तो संरचना गरिएको जानकारी दिनुभयो ।

प्रदेश कार्यालको श्रोत ब्यवस्थापनकालागि वन महासंघ दाडका अध्यक्ष शोभाकर सापकोटाको संयोजकत्वमा समिति गठन गरिएको छ । बैठकले वन तथा वातावरणको क्षेत्रमा बिकासकालागि आवश्यक पहल गर्न निर्वाचित सवैतहका जनप्रतिनिधिहरुलाई अनुरोध गर्नुे निर्णय गरेको छ ।

५ नम्वर प्रदेशका संयोजक महोम्मद कर खाँको सभापतित्व एंव सामुदायिक वन उपभोक्ता महासंघ नेपालका उपाध्यक्ष भिमप्रकाश खड्काको प्रमुख आतिथ्यतामा भएको बैठकमा वन महासंघका केन्द्रीय महासचिव भारती पाठकले बिधान र सांगठनिक नियमावलीमा उठेका प्रश्नको जवाफ दिनु भएको थियो ।

कार्यक्रममा बोल्दै उनले अहिलेको संसोधनमा केहि त्रुटीहरु देखिएको र त्यसलाई आसन्न केन्द्रीय महाधिवेसनपछि वन महासंघको बिधानमा परिवर्तन गरिने बताउनुभयो । कार्यक्रममा बोल्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपालका पूर्व केन्द्रीय अध्यक्ष एंव तुल्सीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेयले स्पष्ट निति, कार्यक्रम, अभियान र गन्तब्यका कारण नेपालमा सामुदायिक वनको अभियान सफल भएको बताउनुभयो ।

पारिवारिक नीजि वन संघ नेपालका अध्यक्ष जोगराज गिरीले निजी वन क्षेत्रको बिकासकालागि जनप्रतिनिधिहरुले बिषेश भूमिका खेल्नु पर्ने बताउनुभयो । कार्यक्रमका सहभागिलाई वन महासंघका जिल्ला उपाध्याक्ष हुमा डिसीले स्वागत गर्नु भएको थियो । बैठकको सहजिकरण प्रदेश सदस्य एंव वन महासंघ दाङका अध्यक्ष शोभाकर सापकोटाले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७४ फाल्गुन ८ गते मङ्गलवार
प्रतिक्रिया