मोवाईल पसलमा चोरी गर्ने चार पक्राउ 

दाङ, ८ फागुन । 
दाङको घोराही स्थित एक पसलमा चोरी भएको छ । घोराही मिलनचोक स्थित द थापा मोबाइल सेन्टरमा चोरी भएको हो । नरेश थापाले संचालन गर्दै आएको पसलबाट गएराति ताला फोडेर करिब २ लाख बराबरको मोबाइल र सामानहरु चोरी भएको प्रहरीले बताएको छ ।
चोरी भए लगतै प्रहरी सहायक निरीक्षक मानबहादुर महराको नेतृत्वमा गएको प्रहरी टोलीले नक्कली नोट सहित चोरी गरिएका मोबाइलको साथमा ४ जना बालकहरुलाई पक्राउ गरेको छ । उनिहरुको साथबाट २ हजारका ८ वटा, ५ सयका ३ वटा, २ सयका २ वटा र ५० को एउटा वटा गरी १४ वटा नक्कली नोट फेला पारेको प्रहरीले बताएको छ ।
उनिहरुको साथबाट सामसुङको मोबाइल ३ थान, जिओनि १ थान, कलर्स २ थान, लाभा १ थान र लेनेभो १ थान गरी ८ थान मोबाइल र अन्य सामानहरु बरामत गरेको छ । पक्राउ पर्नेहरुमा रोल्पा घर भइ हाल नयाँँ बसपार्क बस्ने बर्ष १३ को आकाश घर्ति, भालुबाङ घर भइ हाल पुरानो बसपार्क बस्ने बर्ष १२ को लक्ष्मण बिक, रोल्पा घर भई हाल नँया बसपार्क बस्ने बर्ष १२ को नारायण चन्द र रोल्पा थबाङ घर भई हाल पुरानो बसपार्क बस्ने बर्ष १२ को प्रमिसन बुढालाई पक्राउ गरीएको प्रहरी सहाएक निरीक्षक मान बहादुर महराले बताए ।

प्रकाशित मिति : २०७४ फाल्गुन ८ गते मङ्गलवार
प्रतिक्रिया