राष्ट्रिय सम्मेलनको तयारी तिब्र

 

सम्भु कुमाल,काठमाण्डौ ८ फागुण ।
नेपाल कुमाल समाज सुधार समितीले राष्ट्रिय सम्मेलनको तयारी तिब्र गतिमा भइरहेको जनाएको छ। सम्मेलन यही फाल्गुन २४ र २५ गते गोरखाको १० किलो कुन्दुरमा हुदै छ । यसअघि तयारी नपुगेको हुनाले फाल्गुन ४ र ५ गते गरिने भनेको कार्यक्रम लाई २४ र २५ गते गर्ने निर्णय भएको थियो। सम्मेलनमा प्रत्येक जिल्लाबाट २÷२ जना प्रतिनिधि र परिबेक्षकको सहभागीता रहनेछ ।

समितिले सम्पूर्ण भातृ संगठन, जिल्ला समिति, लगायत सम्पूर्ण समितिलाई सहभागीताको लागि पत्राचार भइसकेको जनाएको छ। समितिले यस सम्मेलनलाई एकता राष्ट्रिय सम्मेलन को नाम दिएको छ र लामो समयदेखि विवादास्पद रहेको कुमाल समाज को एकता प्रमुख एजेन्डामा सारिएको जनाएको छ। बिबादास्पद अन्य समितिलाई पनि पत्राचार गरि सम्मेलनमा सहभागी भइ बार्ता र छलफलबाट एकता को आव्हान गरेको छ।

प्रकाशित मिति : २०७४ फाल्गुन ८ गते मङ्गलवार
प्रतिक्रिया