१२ जिल्लाका खेलाडी दाङको तुलसीपुरमा

लक्ष्मण बस्नेत
तुलसीपुर ७ फागनु / ५ न. प्रदेश अन्र्गगत दाङ सहति १२ जिल्लाका खेलाडि दाङको तुलसीपुरमा भेला भएका छन् । प्रदेश नं ५ स्तरिय व्लयाकवेल्ट गे्रडिङ दिक्षान्त कार्यक्रममा सहभागि हुन खेलाडिहरु तुलसीपुरमा आएका हुन् ।
दाङ जिल्ला सितोरियो कराँते संघको आयोजनामा फागुनको ११ गते सम्म चल्ने ग्रेडिङ कार्यक्रममा व्लयाकवेल्ट सो डान फस्ट डान, सेकेन्ड डान र थर्ड डानका लागि प्रशिक्षण चल्नेछ ।
प्रशिक्षण कार्यक्रमको प्रशिक्षकमा सितोरियो कराँतेका मुख्य प्रशिक्षक तुलसी मर्हजन, नेपाल कराँते महाँसंघका उपाध्यक्ष निर्वतमान मुख्य प्रशिक्षक महेश श्रेष्ठ, सितोरियो कराँते मध्यपश्चिमका मुख्य प्रशिक्षक बलराज नेपाली रहनु भएको छ ।
कार्यक्रममा प्रदेश नं ५ का सिनियर तथा जुनिएर गरी झण्डै दुई सय बढि खेलाडीहरुको सहभागिता रहेको छ ।
सोमबार देखि सुरु भएको दिक्षान्त समारोहलाई उद्घाटन गर्दै तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले खेलकूदलाई जीवन र जीवनलाई खेलकुद संग जोड्नु पर्ने बताउनुभयो ।
खेलकुद क्षेत्रको विकास लागि उपमहानगरपालिकाले कन्जुस्याँई नगर्ने भन्दै आवश्यक सहयोगका लागि सधै तयार रहेको पाण्डेले बताउनुभयो ।
संघका अध्यक्ष हरिबहादुर घर्तिको अध्यक्षतामा भएको कार्यक्रममा दाङ जिल्ला खेलुकद विकास समितिका अध्यक्ष डिल्ली बहादुर डाँगी, नेपाल कराँते महाँसंघका उपाध्यक्ष महेश श्रेष्ठ, ह्याण्डबल संघ दाङका कोषाध्यक्ष छवि परियार लगाएतकाले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । संघका सचिव मोहलाल थापाले संचालन गर्नु भएको कार्यक्रममा स्वागत संघका उपाध्यक्ष बसन्त केसीले गर्नु भएको थियो ।
यता तुलसीपुरको अरनीको मैदानमा आज सम्पन्न मैत्रिपुर्ण फुटबल प्रतियोगितामा स्कुल स्पोर्टस फुटबल एकाडेमी तुलसीपुर विजयी भएको छ । दाङ जिल्ला फुटबल संघको आयोजनामा भएको अण्डर १५ फुटबल प्रतियोगितामा कोहलपुर फुटबल एकाडेमीलाई २ का विरुद्ध ४ गोल अन्तरले पराजित गर्दै स्कुल स्पोर्टस फुटबल एकाडेमी तुलसीपुर विजयी भएको हो । आपसी मित्रता र खेल स्तर वृद्धिका लागि प्रतियोगिताको आयोजना गरिएको हो ।

 

 

 

 

प्रकाशित मिति : २०७४ फाल्गुन ७ गते सोमवार
प्रतिक्रिया