व्यवहारीक शिक्षाका लागि पाठ्यक्रम बनाउने तयारीमा छौ – पाण्डे

ओपेन्द्र वस्नेत , तुलसीपुर, ७ फागुन ।
तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले व्यवहारीक शिक्षाका लागि पाठ्यक्रम बनाउने तयारीमा रहेको बताउनुभएको छ । विद्यार्थीको पढाई र अभिभावकको उद्देश्यले मेल नखाँदा वर्तमान शिक्षा उपयोगी र व्यवहारमुखी नभएकाले नयाँ पाठ्यक्रम निर्माण गर्ने तयारीमा रहेको नगर प्रमुख पाण्डेले बतउनुभयो ।

‘छोराले १०÷१२ कक्षामा पढ्छ,’ प्रमुख पाण्डेले भन्नुभयो, ‘तर घरमा पशुचौपाय, कुखुरा बिरामी हुँदा उपचारकालागि मान्छे खोज्नुपर्छ ।’ तुलसीपुर उपमहानगरपालिका १३ मा रहेको जनज्योति माध्यामिक विद्यालय तुहि रनियाँपुर दाङको ६०औं साधारणसभा तथा हिरक जयन्ति समारोहलाई सम्बोधन गर्दै पाण्डेले प्राविधिक शिक्षा नै आजको आवश्यकता भएको उनले बताए ।

शिक्षा, प्रगति र जिवनको महत्वपूर्ण माध्यम भएको भन्दै पाण्डे प्राविधिक शिक्षाका लागि प्रकृया अघि बढाएमा तुलसीपुर उपमहानगरपालिको १० लाख रुपैयाँ अनुदान दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यसैगरी कार्यक्रमा अन्य सहभागिले पठनपाठनका लागि बालबालिकालाई घर र विद्यायमा उपयुक्त वातावरण हुनुपर्ने जोड दिएका थिए । अहिलेको युग प्रतिस्पर्धात्मक शिक्षाकाको युग भएको भन्दै सहभागीले पढाई र स्वास्थ्य विग्रियो भने कमाई विग्रीने र कमाई विग्रिने सिकाई विग्रीने भएको यसतर्फ बेलैमा सचेत हुनुपर्नेमा जोड दिएका थिए ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हुम बहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका उपाध्यक्ष हुकुम बहादुर बस्नेत, नेपाली कांग्रेसका टेक बहादुर वली, माओवादीका पुर्ण बहादुर खड्का,नेकपाका युवराज केसी, पुर्व प्रधानाध्याकपकको तर्फबाट शोभाराम बस्नेत, पुर्व वि.ब्य.स.को तर्फबाट तारा बहादुर कार्कि, हेमन्त रीजाल, जागेश्वर वली लगायतले बोलेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यपाक प्रकाश भट्टारईले प्रगति विबरण प्रस्तुत गरेका थिए ।
यसैविच हीरक जयन्तीको अवसरमा विद्यालयलले समाचार सम्प्रेसनमा सहयोग गरेको भन्दै रेडियो प्रकृतिका माधव कडेल र तुलसीपुर खवर डिजिटल पत्रिकाका सह सम्पादक बसन्त परियारलाई सम्मान गरेको छ । त्यसैगरी विद्यालयका पुर्वअध्यक्ष, पूर्व प्रधानाध्यापक, पूर्व शिक्षक, पूर्व विद्यार्थि, जग्गादाता, हिरक जयन्तीको अवसरमा हिरक स्तम्भ निर्माणमा सहयोग गर्ने सम्पुर्ण दाताहरुलाई सम्मान गरिएको थियो ।

शिक्षक देव बहादुर थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण शिक्षक सन्तोष परियार र धु्रव खड्काले गरेका थिए । कार्यक्रममा विद्याथिहरुले नृत्यहरु प्रस्तुत गरेका थिए ।

 

 

प्रकाशित मिति : २०७४ फाल्गुन ७ गते सोमवार
प्रतिक्रिया