पश्चिम दाङबाट सालको काठ बरामद

फागुन ०५, २०७४

शंकर केसी,सल्यान ५ फागुण ।
पश्चिम दाङको शान्तिनगरबाट प्रहरीले सालको काठ बरामद गरेको छ । प्रहरी चौकी चिराघाटले शान्तिनगर १ बाट २८ दशमलव ९८ क्विफुट सालको कडि बरामद गरेको हो । उक्त काठको बजार मुल्य १ लाख ५० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ । विहिबार बरामद गरिएको काठ आज सार्वजनिक गर्दै जिल्ला वन कार्यालय दाङको जिम्मा लगाइएको प्रहरी चौकी चिराघाटका इन्चार्ज भरतनाथ योगीले जानकारी दिनुभयो ।

पश्चिम दाङबाट काठ तस्करहरुले ठूलो परिमाणमा काठ तस्कर गरेर प्रशासनलाइ झुक्याउदै बेच्ने गरेका छन् । प्रशासनलाई छलेर लैजान लागेको उक्त सालको काठ प्रहरी आउन लागेको सूचना पाउनासाथ तस्करले छाडेर भागेका जिल्ला वन कार्यालयले जनाएको छ । आज चिराघाट रेन्जपोष्टका वन रक्षक पञ्चाराम ओलि मार्फत जिल्ला वन कार्यालयलाई बरामद गरिएको काठ जिम्मा लगाइएको इन्चार्ज योगीले जानकारी दिनुभएको हो ।

प्रतिक्रिया दिनुहोस