धारीलो हतियार प्रहार गरि ज्यान लिन खोज्ने ‘ओली’पक्राउ

फागुन ०३, २०७४

तुलसीपुर,३ फाल्गुण ।
ज्यान मार्ने मुद्धामा फरार रहेका एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं.४ लामिदमार बस्ने बर्ष २४ का अमर ओली रहेको ईप्रका तुलसीपुरले जनाएको छ । उनले २०७१ साल मंसीर ४ गते राति बर्ष ३३ का गहेन्द्र गिरीलाई धारिलो हतियारले प्रहार गरि घाईते बनाएका थिए ।

फरार रहेका ओलीलाई प्रहरीले बुधवार पक्राउ गरेको हो । यसबारेमा थप आवस्यक अनुसन्धान भईरहेको डिएसपी प्रकाश सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस