पानीले करोडौंको इट्टा नष्ट

घोराही, ३ फागुन ।

गत माघको २९ र फागुन १ गतेका दिन परेको पानीका कारण पकाउनका लागि तयार राखिएका लाखौं इट्टाहरु नष्ट भएका छन् । दाङ देउखुरी इट्टा उद्योग व्यवसायी संघका अनुसार दुई दिन परेका पानीले विभिन्न उद्योगका गरेर ८० लाख वटा काँचा इट्टा नष्ट भएका छन् ।

दाङ देउखुरी इट्टा उद्योग व्यवसायी संघका अध्यक्ष रोमवहादुर वलीका अनुसार दुई दिनको पानीले दाङका २० वटा उद्योगका ८० लाख इट्टा नष्ट भएका छन् । जसमा शुभम इट उद्योगका चार लाख, न्यू मनकामना इट्टा उद्योगका सात लाख, शुभम म्यानुफ्याक्चरिङ इट्टा उद्योगका चार लाख, जे. के इट्टा उद्योगका पाँच लाख, गणेश इट्टा उद्योगका चार लाख, शिव इट्टा उद्योगका छ लाख, राजिव इट्टा उद्योगका दुई लाख काँचा इट्टा नष्ट भएका छन् ।

यसैगरी हनुमान इट्टा उद्योगका छ लाख, मनकामना इट्टा उद्योगका तीन लाख, जयमा लक्ष्मी इट्टा उद्योगका आठ लाख, किसान इट्टा उद्योगका चार लाख, एकता इट्टा उद्योगका चार लाख, सेवा इट्टा उद्योगका पाँच लाख, गंगा इट्टा उद्योगका चार लाख, पशुपति इट्टा उद्योगका पाँच लाख, शिवशक्ति इट्टा उद्योगका पाँच लाख, राप्ती इट्टा उद्योगका चार लाख, सोनी इट्टा उद्योगका पाँच लाख, दैनिक इट्टा उद्योगका सात लाख र माता अम्विकेश्वरी इट्टा उद्योगका सात लाख इट्टा नष्ट भएको अध्यक्ष वलीले जानकारी दिनुभयो ।

इट्टा उद्योगले उत्पादन गर्ने काँचा उद्योगहरुको विमाको व्यवस्था नहुँदा हरेक बर्ष हिउँदको समयमा हुने अनियमित बर्षादले करोडौं रुपैयाको क्षति पुराउने गरेको छ । नयाँ इट्टा उत्पादनको सिजन सुरु भएको समयमा पानी परेपछि आफूहरु मर्कामा परेको वलीले बताउनुभयो ।

यसैबीच अध्यक्ष वलीले इट्टा विक्रि गर्दा गुणस्तरलाई ख्याल गर्न सवै उद्योगीहरुलाई आग्रह गर्नुभएको छ । एक नम्वरको इट्टा विक्रि गर्दा कम गुणस्तरको इट्टा मिसाएर विक्रि गर्ने गरेको गुनासो उपभोक्ताबाट आएको भन्दै सवै उद्योगहरुलाई गुणस्तरलाई ख्याल गर्न पनि वलीले आग्रह गर्नुभयो ।

प्रकाशित मिति : २०७४ फाल्गुन ३ गते बिहिवार
प्रतिक्रिया