अश्वारामा चोरको विगविगी

तुलसीपुर, २ फागुन

तुलसीपुर ८ अश्वारामा चोरको विगविगी हुन थालेको छ । सोही ठाउँको एक घरमा तोरी चोरी भएको पर्सीपल्ट अर्को घरमा तीन थान ढोका चोरी भएको छ । गएराति तुलसीपुर उपमहानगरपालिका ८ अश्वारा निवासी टोप बहादुर रोकाको गोठमा तयार पारेर राखेको तीन थान चौकस चोरी भएको छ । ‘पल्ला हाल्न मात्र बाँकि थियो,’ पिडित रोकाले भने,‘ १८ हजार खर्चेर तयार पारि गोठमा राखेको तीन थान चौकस चोरी भएछ ।’ सोमबार राति सोही वडाको चोरखोला निवासी लिला रोकाको दुई थैला तोरी चोरी भएको थियो । यस अघि दर्जनौ घर गोठमा राखेका दारपात चोरी भइसेको छ । पछिल्लो समय अति महंगोमा विक्रि हुने तोरीलाई समेत चोरले निशाना बनाउन थालेका छन् ।

 

प्रकाशित मिति : २०७४ फाल्गुन २ गते बुधवार
प्रतिक्रिया