प्रदेशस्तरीय महिला मञ्चको तयारी पूरा

तुलसीपुर,१ फागुन ।
दाङमा आयोजना हुन लागेको प्रदेशस्तरीय महिला मञ्चको तयारी पूरा भएको छ । यही फागुन ३, ४, ५ गते तुलसीपुरमा पाँच नम्बर प्रदेश स्तरीय महिला मञ्चको आयोजना हुँदैछ । पाँच नम्बर प्रदेशका १२ जिल्लाका स्थानीय तहमा निर्वाचित महिला प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष र महिला अधिकारकर्मीहरु गरी २०० बढी महिलाहरुको सहभागिता हुने वताइको छ । मूल आयोजक समितिका संयोजक लक्ष्मी आचार्यको अध्यक्षतामा मंगलबार तयारीसम्बन्धमा बैठक बसेको थियो ।

महिला मैत्री गणतान्त्रिक नेपाल सम्भव छ, हामी संस्थागत गछौं भन्ने मूल नाराकासाथ जिल्लामा महिला अधिकारको क्षेत्रमा क्रियाशील संस्था तथा महिला संघसंगठनको संयुक्त आयोजनामा कार्यक्रम हुँदैछ । सामाजिक साँस्कृतिक रुपान्तरण गर्दै गणतन्त्रलाई समुदायदेखि नै ब्यवहारिक रुपमा संस्थागत .गर्न जनप्रतिनिधि तथा महिला मानव अधिकार रक्षकहरुको भूमिका, अवसर, चुनौती, प्रतिबद्धता र सहकार्यकालागि लागि महिलाहरुको संयुक्त पहलको रुपमा सो महिलामञ्चलाई लिइएको छ ।
तीन दिनसम्म चल्ने सो कार्यक्रमले सो कार्यक्रममा महिलामैत्री स्थानीय तह निर्माणका चुनौती र आगामी कार्ययोजनाका सन्दर्भमा ब्यापक छलफल गरी प्रदेशस्तरीय घोषणापत्र तथा आचारसंहिता निर्माण गरिने वताइएको छ । प्रदेश स्तरीय सो कार्यक्रम सफल बनाउन सहयोग गर्न महिला मानव अधिकार रक्षकहरुको जिल्ला सञ्जाल अध्यक्ष सुषमा गिरीले सबैमा आग्रह गर्नुभएको छ ।।

प्रकाशित मिति : २०७४ फाल्गुन १ गते मङ्गलवार
प्रतिक्रिया