शितलपुर मन्दीरलाई मितेरीको सहयोग

फागुन ०१, २०७४

तुलसीपुर,१ फाल्गुण ।
महाशिवरात्रीको अवसरमा तुलसीपुर ११ शितलपुरमा रहेको शिव मन्दीर लाई सहयोग प्राप्त भएको छ । वडाको जसपुरमा रहेकोे मितेरी बचत तथा ऋण सहकारी सस्थाले आज एक थान दराज र धार्मिक पुस्तक प्रदान गरेको हो । मन्दिर पुजा ब्यबस्थापन समितीका कार्यबहाक अध्यक्ष रामबहादुर भन्डारीलाई उक्त सामग्रि संस्थाका अध्यक्ष वलदेव आचार्यले हस्ताण्तरण हरेका थिए ।

यस अघि पनि संस्थाले सामाजिक कामहरुमा सहयोग गर्दै आएको छ ।।

प्रतिक्रिया दिनुहोस