खुकुरी प्रहारबाट महिला घाइते

तुलसीपुर १ फागुन

तुलसीपुर ३ राम्रीमा अपरिचित व्यक्तिको खुकुरी प्रहारबाट एक महिला घाइते भएकी छन् । घाइते हुनेमा देबकुमारी सिजाली मगर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जनाएका छन् । उनले एक महिना अघि रुकुम मुसीकोट १२ कोचे निवसी प्रेमबहादुर वलीसंग सम्बन्ध विच्छेद गरेकि थिइन । उनि एक महिना अघि देखि माइतीमा बस्दै आएकी थिइन । प्रहरीले घटनामा पूर्व पतिको संलग्ता रहेको आसंका गरेको छ । घाइते महिलाको खुट्टामा गहिरो चोट लागेको छ ।

 

प्रकाशित मिति : २०७४ फाल्गुन १ गते मङ्गलवार
प्रतिक्रिया