गाडिको ठक्करबाट किशोरको ज्यान गयो

फागुन ०१, २०७४

तुलसीपुर १ फागुन
गएराति गाडिको ठक्करबाट एक जनाको ज्यान गएको छ । ज्यान जानेमा तुलसीपुर उपमहानगरपालिका १७ बर्षका किरण राना रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । धर्ना घर भएका मृतक मामाको घरमा बस्दै आएका थिए ।

लु१च ७४३४ नम्बरको कुखुरा बोक्ने गाडिले घोराही तुलसीपुर सडकको फोर्टीनाइन चोकमा गएराति करिब ११ बजे ठक्कर दिएको प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जनाएका छन् । ठक्कर दिने गाडि र सवारी चालककलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ठक्कर दिए लगत्तै चालकले गाडि भगाएका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस