आज महाशिवरात्रि पर्व मनाईदै,धारपानी र शितलपुरमा भव्य मेला

तुलसीपुर,फाल्गुण १ ।
फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी मंगलबार देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बी मंगलबार बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् ।

शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा वर्णित छ । पर्वको अवरसरमा दाङको धारपानी मन्दीर र शितलपुर मन्दीमा भव्य मेला लाग्ने गर्दछ ।

मेलाको तयारी पुरा भएको जनाइएको छ । मेलामा कुनै अप्रिय घटना हुन नदिन १ हजार बढि प्रहरी परीचालन गरिएको दाङ प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन १ गते मङ्गलवार
प्रतिक्रिया