अन्तर कलेज फुटवलको उपाधि ज्ञानज्योतिलाई

तुलसीपुर, फाल्गुण १ ।
जिल्ला स्तरिय अन्तर कलेज फुटबल प्रतियोगिताको उपाधि तुलसीपुरको पब्लिक ज्ञानज्योति कलेज जितेको छ । तुलसीपुरमा भएको फाईनल खेलमा राप्ती बबई बहुमुखि क्याम्पस तुलसीपुरलाई १ का विरुद्ध ४ गोलले ज्ञानज्योतिले पराजित गरेको हो । ज्ञानज्योतिका तर्फबाट अर्जुन नेपालीले तिन गोल र सुरज डाँगीले एक गोल गरेका थिए भने राप्ती बबईका तर्फबाट हिरा डाँगीले एक गोल मात्रै फर्काएका थिए ।

खेलको सुरुवातबाट आक्रामक खेल खेलेको ज्ञानज्योतिले बबईलाई निकै दवावमा राखेको थियो । वर्षाले हिलाम्ये वनेको मैदानमा खेलाडीहरुले उल्लेख्य दर्शकको उपस्थितिमा निकै प्रभावपूर्ण तरिकाले खेल खेलेका थिए । खेलको मध्यान्तर पछाडि राप्ती बबईका खेलाडी मोहन सुनारले दुई पटक पहेलो काड पाएर मैदानबाट वाहिरिएपछि १० खेलाडीमा सिमित वनेको राप्ती बबईलाई ज्ञानज्योतिले पानीको वर्षासँगै गोलको पनि वर्षा गराएको थियो ।

संगठित युवा क्लव तुलसीपुरले आयोजना गरेको कार्यक्रममा ज्ञानज्योतिले जित हासिल गरेसँगै २० हजार र शिल्ड जितेको छ । विजयी खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समितिमा अध्यक्ष डिल्ली डाँगी, जिल्ला फुटबल संघका अध्यक्ष सुशिल श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।

खेल अवधिभर उत्कृष्ट ८ गोल गर्ने ज्ञानज्योतिका अर्जुन नेपाली वेस्ट स्कोरर भएका थिए भने उत्कृष्ट खेल प्रदर्शन गर्ने राप्ती बबईका भुपेश डाँगी वेष्ट प्लेयर वनेका थिए, वेस्ट डिफेन्स ज्ञानज्योति सन्तोष रावत, वेष्ट मिड फिल्ड सुनिलबाबु डाँगी, वेष्ट गोल रक्षक राप्ती बबईका सरोज केसी भएका थिए ।

 

प्रकाशित मिति : २०७४ फाल्गुन १ गते मङ्गलवार
प्रतिक्रिया