अधुरो क्रान्तिलाई पुरा गर्ने चेतावनी

तुलसीपुर, २९ माघ
२३ औं जनयुद्ध दिवसका अवसरमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दाङका विभिन्न स्थानमा दिप प्रज्ज्वलन गरेको छ । जनयुद्ध दिवसको पूर्व सन्ध्यामा तुलसीपुर, घोराही, लमही, भालुबाङ र सबै गाउँपालिका तथा वडाहरुमा दिप प्रज्ज्वलन र कोण सभा गरेको नेपाल कम्युनिष्ट पार्टीका युवा नेता प्रदिप वलीले जानकारी दिए ।
तुलसीपुरको बिरेन्द्र चोकमा भएको दिप प्रज्ज्वलन तथा कोणसभालाई सम्बोधन गर्ने वक्ताहरुले अधुरो रहेको क्रान्तिलाई पुरा गर्ने बताएका थिए । सर्वहारा जनताको मूक्तिका लागि २०५२ फागुन १ गते देखि जनयुद्ध सुरु भएपनि पुष्पकमल दहाल प्रचण्डले धोका दिएका कारण विचमै स्थगन भएको क्रान्तिलाई अब नेपाल कम्युनिष्ट पार्टीले अघि बढाउने वक्ताहरुले बताएका थिए । कोणसभलाई पार्टीका जिल्ला सचिवालय सदस्य विकास वली, किरण डाँगी लगाएतले सम्बोधन गरेका थिए ।

 

 

प्रकाशित मिति : २०७४ माघ २९ गते सोमवार
प्रतिक्रिया