अध्यक्षबाट गोपीनाथ पछिहटेपछि मीनराज बढे अघि

तुलसीपुर, २९ माघ

राप्ती बबई क्याम्पसकोको बाँकी कार्यकलको नेतृत्व अब मिनराज वलीले गर्ने भएका छन् । क्याम्पस संचालक समितिको सोमबार बसेको बैठकले समितिका उपाध्यक्ष मिनराज वलीलाई बाँकी अवधिका लागि अध्यक्षको जिम्मेवारी दिएको राप्ती बबई क्याम्पस संचालक समितिका सदस्य केशव सापकोटाले जानकारी दिएका छन् । विधान अनुसार चार बर्ष कार्यकाल रहेको क्याम्पसको अवधि गुज्रिन अब ३ बर्ष बाँकी छ । क्याम्पस प्रमुखसंग विभिन्न बिषयमा कुरा नमिलेपछि तत्कालीन क्याम्पस संचालक समितिका अध्यक्ष गोपीनाथ योगीले गत माघ १२ गते राजीनामा दिएका थिए ।

प्रकाशित मिति : २०७४ माघ २९ गते सोमवार
प्रतिक्रिया