जनज्योति मा.वि.ले हिरक जयन्ती मनाउदै

माघ २९, २०७४

तुलसीपुर,२९ माघ ।
जनज्योति मा.वि.तुलसीपुर १३ तुहीरनियापुरले ६०औं बार्षिक उत्सवको अवसरमा हिरक जयन्ती मनाउदै छ । विभिन्न कार्यक्रमको आयोजना गरी हिरक जयन्ती मनाउन लागेको विद्यालयले जनाएको छ । जसका लागि विद्यालयले विभिन्न उप समितिहरु बनाएर तयारी थालेको विद्यालयका प्रधानाध्यापक प्रकाश भट्राईले बताए ।

जस अनुसार फाल्गुण ३ गते साविक उरहरी श्रोतकेन्द्र स्तरीय विद्यालयका विचमा विविध प्रतियोगिता,फाल्गुण ४ गते साविक फुलवारी गाविसको वडा स्तरीय भलिवल प्रतियोगिता,फाल्गुण ५ गते रक्तदान कार्यक्रम, फाल्गुण ६ गते प्रभातफेरी तथा फाल्गुण ७ गते हिरक जयन्ती समारोहको आयोजना गरिएको प्रधानाध्यापक भट्टराईले बताए ।

साथै विद्यालयको गतिविधि झल्कीने गरि हिरक स्मारीका प्रकाशन तथा विमोचन एवं हिरक स्तम्भको निर्माण गर्ने कार्यक्रम रहेको छ । जसका लागि ५ हजार भन्दा बढि सहयोग गर्नेहरुको नामावली शिलालेखमा उल्लेख गरी स्तम्भ अनावरण गरिने जनाईको छ ।

प्रतिक्रिया दिनुहोस