झण्डै सत्रसय पशचौपायलाई विभिन्न प्रकारका खोप

माघ २८, २०७४

तुलसीपुर,२८ माघ ।
तुलसीपुर उप महानगरपालिका वडा नम्वर १६ र १७ का झन्डै तिन सय कृषकहरुले पशु सम्वन्धि सेवा लिएका छन् । तुलसीपुुर उपमहानगरपालिका अन्र्तगत पशुसेवा शाखा कार्यालय तुलसीपुरको आयोजनामा आज दुवै वडामा आयोजना गरीएको एक दिने निशुल्क बाझोपन निवारण शिविर तथा खोप कार्यक्रमबाट वडाका दुई सय एकान्नब्बे कृषकहरुले सेवा लिएको कार्यालयका योजना शाखा प्रमुख सुवास आचार्यले जानकारी दिएका छन् ।

शिविरमा झन्डै सत्र सय पशुचौपायहरुलाई विभिन्न प्रकारका खोप दिइएको थियो । जसमा गाईगोरु रोग विरुद्धको खोप, बाख्राहरुलाई पि.पि. आर विरुद्धको खोप दिईएको योजना प्रमुख आचार्यले बताएका छन् । सोहि अवसरमा ८१ वटा बोका र बहरलाई बन्ध्याकरण सेवा दिइएको थियो ।

त्यस्तैगरी शिविरमा पशुचौपायलाई आन्तरिक तथा बाह्य परिजिवी विरुद्ध निशुल्क औषधि वितरण गरीनुको साथै प्रजनन् सम्वन्धि समस्याहरुको पनि परामर्श गरीएको बताइएको छ । शिविरमा कार्यालयबाट १५ जना प्राविधिकहरुको सहभागिता रहेको थियो ।।

प्रतिक्रिया दिनुहोस