पश्चिम दाङ्गमा निशुल्क स्वास्थ्य शिविरको तयारी

तुलसीपुर । सामाजिक काममा निरन्तर सक्रियता जनाउँदै आएको रोटरी क्लव अफ तुलसीपुर सिटी र लायन्स क्लव अफ दाङ्गले विभिन्न संघसस्थाहरुको सहयोगमा पश्चिम दाङ्गमा निशुल्क स्वास्थ्य शिविर गर्ने भएका छन् । माघ २७ गते शनिवार मिड वेष्ट प्वाइन्ट एकाडेमी शान्तिनगर गाउँपालिका ७ खैरेनीमा स्वास्थ्य शिविर गर्न लागेको रोटरी क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष तुफानवावु श्रेष्ठले वताउनु भयो । उहाँले निम्न वर्गका जनतालाई लक्षित गरेर विशेषज्ञ सेवा सहित शिविर सञ्चालन गर्न थालेको समेत जानकारी दिनुभयो ।

शिविरमा वालरोग विशेषज्ञ डाक्टर किशोर खत्री, दन्तरोग विशेषज्ञ डाक्टर विपि भुषाल, वरिष्ठ फिजिसियन डाक्टर दिपक अर्याल, कन्सल्टेन्सी फेमिली फिजिसियन डाक्टर सर्वेश शर्मा र मेडिकल अफिसर डाक्टर सुवोध शर्मा लगायतका चिकित्सकहरुले चेकजाँच गर्ने कार्यक्रम रहेको रोटरी क्लव अफ तुलसीपुर सिटीका पूर्व अध्यक्ष एवम् शिविरका संयोजक विजय केसीले वताउनु भयो । “ग्रामिण भेगमा विभिन्न कारणले जनताहरुले रोग लुकाएर राखेको हुने भएकाले पनि हामीले ग्रामिण भेगकालाई प्राथमिकतामा राखिएको हो ” संयोजक केसीले वताउनुभयो ।
कार्यक्रममा विरामीको चेकचाजसँगै उनीहरुलाई निशुल्क औषधि समेत वितरण गरिने लायन्स क्लव अफ दाङ्गका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले वताउनु भयो । श्रेष्ठले विहान ९ वजेदेखि ४ वजेसम्म चेकजाँच गरिने पनि वताउनु भयो । रोटरी क्लव अफ तुलसीपुर सिटी र लायन्स क्लव अफ दाङ्गले यस अगाडि पनि निरन्तर रुपमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका थिए । स्वास्थ्य शिविरमा सहभागि भएर लाभ लिनका लागि पनि अध्यक्ष श्रेष्ठले वताउनु भएको छ ।

प्रकाशित मिति : २०७४ माघ २४ गते बुधवार
प्रतिक्रिया