महिलाको पोषणमा सुधार ल्याउन कुखुरा वितरण

माघ २३, २०७४

मिना बुढाथोकी , माघ २३ सल्यान ।
महिलाको पोषणमा सुधार ल्याउनका लागी सुआहारा सल्यानले जिल्लाका गर्भवती तथा सुत्केरी आमालाई १ हजार १ सय ३० वटा कुखुरा सितैमा वितरण गरेको छ । पोषणका क्षेत्रमा विगत लामो समय देखी काम गर्दै आएको यस सुआहाराले गर्भवती तथा सुत्केरी महिलाका पोषणमा सुधार तथा आय आर्जन का लागी कुखुरा वितरण गरेको जनाएको छ ।

सुआहाराका घरायसी खाद्यान्न तथा बजारीकरण अधिकृत मनोज चौधरीले पहिलो चरण अन्तरगत जिल्लाका साबिकका तिन वटा गाविसका गर्भवती तथा सुत्केरी महिलालाई कुखुरा वितरण गरिएको बताए । उनले साबिकका तीन वटा गाविस लेखपोखरामा १ सय ६५,सिनबांगमा ३५ र रिममा २६ गरि २ सय २६ कुखरा वितरण गरेको जनाए । एक घरपरिवार वा एक आमालाई पाँच वटाका दरले कुखुरा वितरण गरिएको संस्थाले जानकारी दिएको छ ।

उनीहरुलाई दुईवटा भाले र तीन वटा पोथी वितरण गरिएको हो । सुआहारा सल्याका कार्यक्रम संयोजक हरि घिमिरे ले बताए । उनका अनुसार सुनौलो हजार दिन भित्रका आमाहरुलाई न्यू हेम्पसायर र ब्ल्याक स्टरलक नामक कुखुरा वितरण गरिएको हो । सुआहाराले निशुल्क रुपमा प्रदान गरेको कुखुरा लिन पुगेकी लेखपोखरा ७ की गायत्री कवर र हिरा कवर निकै हर्षित बनेकी छन । उनि जस्तै सो क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाहरुले पनि सित्तैमा कुखुरा पाएपछि खुशी भएका छन ।

उता रीमकी भुमा बुढाथोकीले पनि अबदेखी आप्mनो छोराले नियमित अण्डा खान पाउने भएकाले खुशी व्यक्त गरेकी छन । यस्तै ग्रामीण क्षेत्रमा रहेका विपन्न परिवारमा रहेका महिलाले कुखुरा बाटपनि आय आर्जन गर्न सकिने भएकाले कुखुरा पालन का साथै अर्ध बन्देज खोर बनाउने तरीका बारे समेत तालीम दिएको सुआहारका फिल्ड कोडिनेटर तोरण बुढाथोकीले बताए ।

पहिलो चरणमा कुखुरा वितरण संगै तालीम दिने काम पनि सम्पन्न भई सकेको छ बुढाथोकीले भने । अब दोस्र्रो चरणमा कुपिण्डेका गर्भवति तथा सुत्केरी आमाहरुलाई १० हजार ६० कुखुरा बाँड्ने योजना रहेको उनले सुनाए । सुआहाराले जिल्लामा दलित विकास समाज मार्फत आप्mना विभिन्न कार्यक्रमहरु संचालन गर्दै आई रहेको छ ।

प्रतिक्रिया दिनुहोस