विपन्न महिलाहरुका लागी होजेरी तालिम

माघ २२, २०७४

तुलसीपुर,२२ माघ ।

तुल्सीपुर उपमहानगरपालिका वडा नम्वर ११ ले अति विपन्न महिलाहरुका लागी एक महिने होजेरी तालिम सञ्चालन गरेको छ । वडा कार्यालयले आज एक औपचारिक कार्यक्रम गरि होजेरि तालिमको उद्घाटन गरेको हो । वडा अध्यक्ष चित्र वहादुर वलीको अध्यक्षता, तुल्सीपुर उपमहानगरपालिकाका उप प्रमुख मायां आचार्यको प्रमुख आतिथ्य एवं महिला मानवअधिकार रक्षकहरुको सञ्जाल दाङकी अध्यक्ष शुष्मा गिरीको विशिष्ट आतिथ्यमा तालिमको उद्घाटन भएको थियो ।

उद्घाटन सत्रमा वोल्ने वक्ताहरुले विभिन्न सिप मुलक तालिमले महिलाहरुको आर्थिक स्तरमा सुधार ल्याउने धारणा राखेका थिए । साथै उनीहरुले महिलाहरुले उत्पादन गरेको वस्तुहरुको वजार व्यवस्थापनका लागी सवैले आआफ्नो ठांउबाट सहयोग गर्ने समेत प्रतिवद्धता व्यक्त गरेका थिए ।

वडा सदस्य निर्मा चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको तालिम उद्घाटन सत्रमा तुल्सीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य सुशिला वुढाथोकी, नेपाली कांग्रेसका वडा सभापति टोपेन्द्रराज रेग्मी, तुल्सीपुर उपमहानगरपालिकाका उप प्रमुखको सचिवालयका सुशिला शाह, तालिम प्रशिक्षक रचना सुवेदी, जसपुर प्रहरी चौकीका प्रमुख असई नयाराम कार्की, पशु सेवा कार्यालयका प्रमुख शोभा विष्ट, साना किसान कृषी सहकारी संस्थाका प्रतिनिधि कृष्ण वली, शिद्धेश्वरी महिला वचत तथा ऋण सहकारी संस्थका शुष्मा शाह, कृष्ण मन्दिर टोल विकास संस्थाका अध्यक्ष ओबिर वहादुर चन्द लगायतले आफ्नो धारणा राख्नु भएको थियो ।

तालिम उद्घाटन सत्रको सहजिकरण वडा कार्यालयका कर्मचारि लक्ष्मी चौधरीले गर्नुभएको थियो । २० जना सहभागि एक महिने तालिमको प्रशिक्षकमा रचना सुवेदी रहेको वडा सदस्य सुवास डांगीले जानकारी दिएका छन । वडा कार्यालयको महिला लक्षीत कार्यक्रम अन्तर्गत २ लाख वजेट बाट तालिम सञ्चालन भएको हो ।

प्रतिक्रिया दिनुहोस