सल्यानमा प्रथम राष्ट्रिय ‘मेयर कप’ कराँते प्रतियोगिता हुने

मिना बुढाथोकी, माघ २२ सल्यान /
सल्यानमा पहिलोपटक ‘मेयर कप राष्ट्रिय कराँते’ प्रतियोगिता हुने भएको छ । वागचौर नगरपालिकाको आयोजनामा हुन लागेको प्रतियोगिताको तयारीको लागी धमाधम काम भइरहेको छ । कराँतेका अन्र्तरराष्ट्रिय रेफ्री चित्र बहादुर रानाका अनुसार प्रतियोगितामा ७ वटै प्रदेशका ३ सय देखि ४ सय खेलाडिहरुको सहभागिता रहनेछ ।

प्रतियोगिताको लागी अहिले प्याराफिट निर्माणको काम तिव्रगतिमा अघि बढिरहेको छ । देशभरबाट आउने खेलाडि र टिमका लागी खान, बस्न र खेल हुने स्थलको व्यवस्थापनमा आफुहरु जुटेको रानाले बताए । दर्शकको सहजताको लागि प्याराफिटको निर्माणको काम धमाधम भैरहेको छ । प्याफिटको काम पुर्ण रुपमा भैसकेपछि सवै पक्षसँगको छलफलमा प्रतियोगिताको मिति तोकिने उहाँले बताउनुभयो ।

अन्र्तरराष्ट्रिय खुल्ला कराँते प्रतियोगितामा पदक जित्ने खेलाडिलाई सम्मान

यसैविच वागचौर नगरपालिकाले प्रथम अन्र्तरराष्ट्रिय खुल्ला कराँते प्रतियोगितामा पदक जित्ने जिल्लाका ५ जना खेलाडिहरुलाई सम्मान गरेको छ । नेपाल सहित ६ देशको सहभागितामा माघको १४ गते देखि १६ गते सम्म काठमाडौँमा भएको प्रतियोगितामा सल्यानका ५ जना खेलाडिहरुले पदक जितेका थिए ।

खेलाडिहरुलाई वागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकीले खादा ओढाएर सम्मान गरे । प्रतियेगितामा ११ वर्ष मुनि जुनियर प्रतियोगितामा वागचौर नगरपालिका ७ का सन्जु विक र ३० केजी तौल समुहमा सोहि ठाउँका सन्तोष विकले पहिलो हुदै स्र्वण पदक जितेका थिए ।

यस्तै ३० केजी तौल समुहमा शारदा नगरपालिका १३ का सुनिल खड्काले र १८ वर्ष माथि सिनियर एकल कातामा वागचौर नगरपालिका १० का चुडामणि केसीले दोस्रो हुदै रजत पदक जितेका थिए । यस्तै ३१ केजी तौल समुहमा वागचौर नगरपालिका २ चिल्ढालेका प्रकाश विक तेस्रो हुदै कास्य पदक जितेका थिए । सो प्रतियोगितामा नेपाल पहिलो भएको थियो ।

प्रकाशित मिति : २०७४ माघ २२ गते सोमवार
प्रतिक्रिया