दाङमा पनि पैचोको उत्पादन सामग्री

 

दाङ, २० माघ । 

गुल्मी जिल्लावाट सुरु भएको पैचो फुड प्रोडक्सन प्रालिले दाङको घोराहीमा आफ्नो विक्री केन्द्र स्थापना गरेको छ । घोराहीमा रहेको लुम्विनी स्टोरलाई प्रालिले आफ्नो विक्री केन्द्रका रुपमा स्थापना गरेको हो । सनिवार घोराहीमा एक कार्यक्रमको आयोजना गरी प्रालिले उत्पादन गर्दै आएका विभिन्न खाद्य वस्तुका बारेमा जानकारी दिएको छ ।

कार्यक्रममा प्रालिका बजार तथा मिडिया निर्देशक शरण कर्माचार्यले तीन वर्ष पहिले गुल्मीको बलेटक्सारमा पहिलो विक्री केन्द्र स्थापना गरेको प्रालिले अहिले दाङसहित देशका प्रमुख सहरहरुमा ५१ वटा प्रशोधन केन्द्रको स्थापना गर्न सफल भएको जानकारी दिए । कर्माचार्यका अनुसार अहिले विशेष गरी अग्र्यानीक खाद्यवस्तु उत्पादन गर्दै आएको र हालसम्म विभिन्न २७ प्रकारका खाद्यवस्तु उत्पादनगरी बजारीकरण गर्दै आएको बताए ।

प्रालिले गुल्मी, पाल्पा, वुटवल, अर्घाखाँची लगायतका जिल्लामा कृषकहरुले उत्पादन गरेको वस्तु लैजाने र त्यसलाई प्रशोधन गरी पुनः उपभौक्तासम्म ल्याउने काम गर्दै आएको छ । गुल्मीको रीडिमा प्रशोधन केन्द्र खोली त्यहाँवाट प्रशोधन गरी प्याकेजीङको काम भैरहेको उनले बताए । शहरबजारमा बसेपनि गाँउकै स्वाद खान चाहने ग्राहकहरुका लागि पैचोका उत्पादनहरु सफल भएको उनले बताए । पहाडको चिसो मौषममा उत्पादन भएका खाद्यवस्तुहरु तराईको भन्दा धेरै नै स्वस्थकर भएको अनुसन्धानवाट समेत पुष्टि भैसकेकोले पैचोका उत्पादन विषादि मुक्त रहेको प्रालीको दावि रहेको छ ।

बुटवल लाई केन्द्रविन्दु वनाएर पहाडि जिल्लाहरुमा उत्पादन भएका कृषिजन्य उत्पादनलाई वजारीकरण गरीरहेको पैचो फुड प्रोडक्ट प्राली त्यहा सफल भएकोले अव सेवा विस्तार गर्ने योजना अनुरुप दाङ आएको कर्माचार्यको भनाई छ । घोराहीको विक्री केन्द्रका सञ्चालक टिकाराम पन्थको अध्यक्षतामा भएको कार्यक्रममा विक्री केन्द्रको उद्घाटन प्रदेश सभा सदस्य अमर डाँगीले गरेका थिए । सांसद डाँगीले जसरी गुल्मीवाट सुरु भएको पैचो पसल नाम जस्तै बन्न सकोस् भन्ने शुभकामना दिएका थिए ।

राप्तिका पहाडि जिल्लाहरु पनि तरकारी उत्पादनमा अगाडि रहेकोले त्यहाका जनताका लागि पनि सेवा दिन डाँगीले आग्रह गरेका छन् । सल्यानको कपुरकोट, रोल्पाको होलेरी लगाएतका ठाँउमा कृषि उत्पादनमा अगाडि रहेकोले त्यहाँका कृषक संग पैचो गर्न उनले सुझाव दिए । त्यसैगरी दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुषालले विक्रि केन्द्र मात्र नभई उत्पादन तथा प्रशोधन केन्द्र वनाउन प्रालीलाई सुझाव दिए । अन्य जिल्लामा उत्पादन गरेका बस्तुहरु भन्दा जिल्लामै उत्पादन भएका सामाग्रीहरु अझवढि ताजा हुने भएकोले दाङमै उत्पादनको व्यवस्था मिलाउन उनले आग्रह गरे ।

प्रकाशित मिति : २०७४ माघ २० गते शनिवार
प्रतिक्रिया