सुर्य ज्योति कृषि सहकारीको सातौ बार्षिक साधारण सभा

माघ २०, २०७४

तुलसीपुर २० माघ /
सुर्य ज्योति कृषि सहकारी संस्थाको सातौ बार्षिक साधारण सभाले गोरखबहादुर खड्काको अध्यक्षतामा सात सदस्य नयाँ कार्य समिति चयन गरेको छ । साधारणसभा, तुलसीपुर उपमहानगरपालिका ८ अश्वारामा सम्पन्न भएको थियो । नव गठित संस्थाको उपाध्यक्षमा लेखा वली, सचिव छविराज गिरी, कोषाध्यक्ष अम्मर भण्डारी, सदस्यहरुमा बिक्रम भट्राई, मैमी बस्नेत र गजविर रेउले .चयन हुनुभएको छ । यसै गरी साधारणसभाले लेखा सुपरिवेक्षण समिति संयोजकमा चक्रबहादुर भण्डारी, सदस्यहरुमा टेकनाथ योगी, झग्गुप्रसाद साहु, यस्तै ऋण उपसमितिमा संयोजक देवराज खड्का, सदस्यमा पार्वती केसी, खिमबहादुर खड्कालाई चयन गरेको छ ।

सहकारी संस्थाका अध्यक्ष धनीराम रोकाको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका मेयर घनश्याम पाण्डे, आठ नम्बर वडा अध्यक्ष वेदु केसी, पशुसेवा कार्यालयका सुवाश आचार्य, मनकामना दुध उत्पादक सहकारी संस्थाका भुपति भण्डारी, नवदुर्गा कृषि सहकारीका सचिव खगेन्द्र काफले, अश्वारा कृषिसहकारी संस्थाका अध्यक्ष रामबहाुदर सिंहराठौर, अश्वारा खानेपानी उपभोक्ता तथा सरसफाई समितिका सदस्य जुद्धबहादुर खत्री, महेन्द्र भण्डारी, लागएतले बोलेका थिए ।

साधारणसभामा सचिव रुपलाल डाँगीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष गंगराम बस्नेतले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा असल ऋणी गजबिर रेउले र जेष्ठ सदस्य खिमबहादुर खड्का र दिप कुमारी डाँगीलाई सम्मान गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस