आहा रारा गोल्डकपको उपाधि पुलिसले जित्यो

माघ २०, २०७४

काठमाण्डाैं, २० माघ । थ्रीस्टार क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले आहारारा गोल्डकपको उपाधि जितेको छ । आज भएको फाइनलमा पुलिसले थ्रीस्टारलाई १–० ले हराउँद आहारारा गोल्डकपको उपाधि जितेको हो ।

पुलिसको जितमा राम वाजीले थप गरिएको १० मिनेटमा गोल गरे । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलमा अतिरिक्त समय थप गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस