महायज्ञमा संयोजकले दिए १ लाख ५१ हजार रुपैया

गोकर्ण पौडेल ,दुधरास २० माघ ।
जन कल्याण माध्यामिक विद्यालयमा प्राविधिक शिक्षालयका लागि आयोजना गरिएको महायज्ञमा शनिबार मात्रै १५ लाख बराबरको जग्गा र दिउसो सम्म तिन लाख बढि नगद जम्मा भएको छ । शनिबार मात्रै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम महायज्ञ मुल आयोजक समितिका संयोजक देवराज विश्वकर्माले अहिलेसम्मकै सबैभन्दा बढि दान एक लाख ५१ हजार दिएका छन् ।

प्राविधिक शिक्षालयका लागि माद्द १८ गतेदेखि सुरु भएको महायज्ञमा आज सबैभन्दा बढि रकम संकलन भएको छ । आज स्थानीय समाजसेवी केशव रिजाल र शान्ता रिजालले एक लाख २५ हजार ५ सय २५ सहयोग गरेका थिए । स्थानीयस्तरमै प्राविधिक जनशक्ति उत्पादन गरी देशमा दक्ष जनशक्तिका लागि शैक्षिक स्थलमा उक्त रकम सहयोग गरेको दाता केशव रिजालले बताए ।

त्यसैगरी मीना बस्नेतले ५१ हजार एक सय ५१, दुधरास बचत तथा ऋण सहकारी संस्थाले २५ हजार एक सय २५, बामदेव पोख्रेलले २४ हजार एक सय २५, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ का स्थानीय युवाहरुबाट १५ हजार एक सय ५५, शालिकराम डाँगीले १५ हजार ५५, ज्ञानबहादुर बस्नेतले १५ हजार एक सय ५५, इन्दिरा अवस्थीले १५ हजार ६ सय २५, मदनकुमारी बस्नेत र रिता कुमारी बस्नेतले दश हजार पाँच,कमला रावतले १० हजार एक सय ५५, भीमबहादुर परियारले १० हजार एक सय पाँच, सप्तरंगी बहुउद्देश्यीय सहकारी संस्थाबाट दश हजार पाँच, दिलबहादुर वलीले दश हजार एक सय ५१,दिदी बहिनी महिला समूह तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ हाडिमेले पाँच हजार एक सय ५५ सहयोग गरेको आर्थिक व्यवस्थापन समितिका सदस्य केवल डाँगीले जानकारी दिएका छन् ।

यसैबिच आज नै मूल आयोजक समितिका महासचिव गेहराज पौडेलले दश लाख बराबरको जग्गा दान दिएका छन् । त्यसैगरी युगराज अधिकारीले पाँच लाख बराबरको जग्गा दान गरेका छन् । महायज्ञमा कथावाचन सुन्न आउनेको घुइचो लागेको थियो । महायज्ञमा मुख्य कथा वाचकमा पण्डित दिनबन्धु पोख्रेल रहेका छन् भने उपवाचकमा धुव्रशरण वश्याल रहेका छन् ।

महायज्ञबाट जनकल्याण माध्यामिक विद्यालयमा डिप्लोमा तहको इन्जिनिरिङ कक्षा सञ्चालनका लागि आवश्यक पर्ने एक करोड रुपैया संकलन गर्ने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति : २०७४ माघ २० गते शनिवार
प्रतिक्रिया