पूर्वराष्ट्रपतिका छोराद्वारा आत्महत्या

क्यूबा । पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोका छोराले आत्महत्या गरेका छन् । क्यास्ट्रोका जेठा छोरा फिडेल एन्जल क्यास्ट्रोले बिहिबार आत्महत्या गरेको क्यूबाको सरकारी पत्रिका ग्रान्माले जनाएको छ ।

६८ वर्षीय एन्जलले हवानास्थित आफ्नै घरमा आत्महत्या गरेका हुन् । केही महिनादेखि एन्जल फिडेल डिप्रेसनमा परेको जनाइएको छ । केही समय अस्पतालमा राखेर उपचार पनि गरिएको उनलाई पछिल्लो समय चिकित्सकको समूहले घरमै उपचार गर्दै आएका थिए । चिकित्सकको निगरानीमै रहेका बेला आत्महत्या गरेका उनी फिडेलीटोको नामबाट चर्चित थिए । तत्कालीन सोभियत संघमा विज्ञान विषय लिएर पढेका फिडेलीटो आणविक भौतिक शास्त्री थिए ।

उनले क्युबा सरकारको सल्लाहकारको रुपमा समेत काम गरेका थिए ।

प्रकाशित मिति : २०७४ माघ १९ गते शुक्रवार
प्रतिक्रिया