दाङमा डिजिटल मोबाइल रेडीयो प्रबिधी सुरु

माघ १९, २०७४

तुलसीपुर,१९ माघ ।
नेपाल प्रहरीले दाङमा आजदेखी डिजिटल मोबाइल रेडीयो प्रबिधी सुरु गरेको छ । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले उक्त प्रबिधीको एक समारोहका बीच उद्घाटन गरेका छन् । प्रहरीले दाङ प्रहरीले यसअघी रेडियो संचारको प्रयोग गर्दै आएको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक प्रकाश अर्यालले डिजिटल मोबाइल रेडीयो प्रबिधी सुरु भएसँगै प्रहरीको सेवा पनि थप प्रभावकारी हुने बताए ।

उनले उक्त प्रबिधिको प्रयोगले डियुटीमा भएका प्रहरीको लोकेशन दिने र घटनास्थलमा चाँडै पु¥याउन सहज हुने बताए । महानिरीक्षक अर्यालले संचार उद्यमी देविप्रसाद धितालका हत्यारा पत्ता लगाउन प्रहरी सक्रिय भएर लागेको समेत बताए ।

प्रहरी नायब महानिरीक्षक डाक्टर राजीव सुब्बाले डिजिटल मोबाइल रेडीयो प्रबिधीले अपराध नियन्त्रण प्रभावकारी हुनुका साथै इमान्दारी पूर्वक डीयुटी नगर्ने प्रहरी अधिकारीलाई नियमन गर्ने बताए । ५ नम्वर प्रहरी प्रमुख डीआइजी मधुप्रसाद पुडासैनीको अध्यक्षतामा भएको कार्यक्रममा दाङ जिल्ला अदालतका न्यायाधीस हेमन्त रावल,दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले आ–आफ्नो धारणा राखेका थिए ।।

प्रतिक्रिया दिनुहोस