पेट्रोलियम पदार्थको मूल्यवृद्धि

माघ १९, २०७४

 

काठमाडौँ, १९ माघ । नेपाल आयल निगमले गय राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको सम्पन्न बैठकले पेट्रोलमा रु एक तथा डिजेल र मट्टितेलमा रु दुईका दरले मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । त्यसैगरी हवाई इन्धनको मूल्य रु पाँचले बढाइएको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस