दुध बेचेर मासिक ३० हजार बचाउछन – ज्योती प्रसाद

मिना बुढाथोकी , माघ १९ सल्यान ।
जिल्लाको कालिमाटी गाउँपालिका वडा न २ झिगानेका ज्योति प्रसाद भण्डारीले भैसीको दुध बेचेर मासिक ३० हजारभन्दा बढि आम्दानी गर्दै आएका छन । दुई वर्ष अघि सुर्खेतबाट ३ लाखको लगानीमा उन्नत मुर्रा जातका भैसीको दुध बेचेर अहिले मनग्य आम्दानी लिरहेको उनको भनाई रहेको छ । अन्य कुनै क्षेत्र बाट आम्दानी को स्रोत न भएका उनले अहिले भैंसीको दुध बेचेर आप्mना दुई छोराका पढाई खर्च पनि राम्रै संग चलाई रहेको उनले बताए ।

उनले भने –“दुई वर्ष अघि जिल्ला पशुसेवा कार्यालय सल्यानले भैसी पालन सम्बन्धी तालीम दिएको थियो”। “अहिले मेरो लागी त्यो तालीम बरदान साबित भएको छ –उनले थपे ।”मैलै जिल्लामा गएर तालिम लिएपछि त्यस तालिमबाटै प्रभावित भएर भैसी पालन सुरु गरेको हुँ ५३ वर्षिय कृषक भण्डारीले बताए।

दुई भाई छोरा र घर खर्च कटाएर मासिक ३० हजार आम्दानी हुने गरेको उनकोे भनाई रहेको छ । उनले भने –“अहिले म सँग ३ वटा भैसी दुहुना छन् ३ पाडापाडी छन् ।”तीन वटा भैसीबाट दैनिक ३० देखि ४० लिटर दुध बिक्रि गर्दै आएको उनले बताए । दुध बेचेरै दुई वटा छोरालाई पढाउने र घरको अरु खर्च धानेको र मासिक ३० हजार बचत हुन्छ भण्डारीले भने । आफुले पालेका भैंसीको दुध विक्रिका लागि कुनै समस्या नभएको भन्दै कालिमाटी बजारका लागी दुध पु¥याउन नसकी रहेको उनले बताए ।

काम गर्ने इच्छाशक्ति हुने हो भने उमेरले छेकबार लाउदैन भन्दै उनले पैसा कमाउन विदेशनै जानु नपर्ने बताए । उनले भने –“आजभोली युवायुवतीहरु गाउँमा काम गर्न लाज मानेर विदेशमा गई रहेका छन र विदेशमा जस्तो पनि काम गर्न तयार हुन्छ”। तर मनमा काम गर्ने इच्छाशक्ति हुने हो भने विदेशमा नभई स्वदेशमै पनि विदेशको जति पैसा कमाउन सकिदो रहेछ भण्डारीले भने । उनले दैनिक रुपमा विदेशिने युवाहरुलाई पनि स्वदेशमै सीप सिकेर आय आर्जन गर्न सकिने बताए ।

 

प्रकाशित मिति : २०७४ माघ १९ गते शुक्रवार
प्रतिक्रिया