कृषि प्रर्दशनी २०७४ को तयारी तीव्र

सन्तोष अधिकारी

घोराही, माघ १७ । दाङको घोराहीमा आयोजना हुन थालेको दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४ को तयारी तीव पारीएको छ । दाङ उद्योग वाणीज्य संघले फाल्गुन ३ गतेदेखी १३ गतेसम्म घोराही उपमहानगरपालीका १५ मा आयोजना गरिने महोत्सव स्थलको निमार्ण कार्य तथा स्टल वुकीङ धमाधम सुरु भएको दाङ उद्योग वाणीज्यसंघका अध्यक्ष एवं दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४ ेमुलआयोजक समीतीका संयोजक नारायण प्रसाद भुसालले जानकारी दिनुभएको छ।

दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४लाइ सफल वनाउन गठन गरीएका विभीन्न उपसमीतीहरुले आ आफनो कामलाइ तिव्रता दिएको महोत्सव मुलआयोजक समीतीका सहसंयोजक नरेश कार्कीले जानकारी दिनुभएको छ। उद्योग, व्यापार, कृर्षि एवं पर्यटनको विकास परनिर्भरमुखी अर्थतन्त्रको निकास भन्ने मुल नाराका साथ सुरु हुने दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४का लागी यही माघ १५ गतेदेखी खुला गरिएको स्टल दर्ता कार्यमा अहीलेसम्म १५ वढी स्टलवुकीङ भैेसकेको स्टल व्यवस्थापन उपसमीतीका संयोजक टंक प्रसाद पोख्रेलले जानकार िदिनुभएको छ।

पोख्रेलका अनुसार स्टल वुकीङमा स्थानीय उत्पादीत स्वदेशी सामाग्री तथा लघुउद्यमीहरुलाइ प्राथमीकता दिइएको छ। यसैगरी महोत्सव स्थलको निमार्ण कार्यपनी आजदेखी सुरु भएको भौतीक निमार्ण तथा भोजन अ ावास उपसमीतीका संयोजक रामप्रसाद पोख्रेलले जानकारी दिनुभएको छ।

प्रकाशित मिति : २०७४ माघ १७ गते बुधवार
प्रतिक्रिया