सबै विद्यार्थि एउटै कक्षाकोठामा

माघ १६, २०७४

मिना बुढाथोकी , सल्यान माघ १६ ।

सल्यानको एक विद्यालयमा पुरै विद्यालयभरीका विद्यार्थि एउटै कक्षाकोठामा पढ्ने गरेका छन् । जिल्लाको कुमाख गाउपालिका ७ जिमालीमा रहेको ज्ञानज्योति आधारभुत विद्यालयमा पुरै विद्यालयका विद्यार्थि एउटै कोठामा बसेर पढ्न बाध्य भएका हुन । कक्षा ३ सम्म संचालन भएको विद्यालयमा जम्मा २ वटा कोठा छन् । जसमा एउटा कक्षाकोठामा वाल विकास केन्द्र र विद्यालयको कार्यालय संचालन गरिएको छ भने अर्को कोठामा १, २ र ३ कक्षाका विद्यार्थिहरु बसेर पढ्छन् ।
कक्षाकोठाको अभावमा सवैकक्षालाई एउटै काठामा राखेर पठाउनुपरेको विद्यालयकी प्रधानाध्यापक इन्द्रलता बस्नेतले बताउनुभयो । एउटै कोठाका तिन कुनामा तिनवटा कक्षाका विद्यार्थि राखेर पठाउछौँ प्रधानाध्यापक बस्नेतले भन्नुभयो वाहिर बसेर पठाउन पनि ठाउ छैन । सो विद्यालयमा रहेका ६५ जना विद्यार्थिहरु मध्येल अधिकांश दलित विद्यार्थिहरु अध्ययनरत छन् ।
भेडावाख्रा हुले जसरी कोठमा थुनेर पढाउछन् शिक्षक
शिक्षकले ६५ जना विद्यार्थिहरु मध्ये वाल विकास केन्द्रका २२ जनालाई कार्यालयमै राखेर पढाउछन् भने अरु वाँकी ४३ जनालाई एउटै कक्षामा पठाउछन्् । प्रअ बस्नेतले भन्नुभयो एउटै कोठामा पढाउदा एउटा कक्षाले अर्को कक्षालाई असर पार्छ साना केटाकेटीहरुलाई भेडाबाख्रा थुनेजस्तै गरी पढाउनुपर्छ ।

विद्यालयकी शिक्षिका धनी विकले एउटै कोठामा सवै कक्षाका विद्यार्थि बस्दा पठाउन र उनिहरुको ध्यानकेन्द्रित गर्न निकै समस्या भएको बताउनुभयो । भवन नभएपछि उनिहरुलाई एउटै कोठामा राखेर जेनतेन पठाइरहेको उहाँले बताउनुभयो ।

श्रोत केन्द्रमा हुने वैठकमा आफुले भवनको लागी कुरा राखेपनी हुन नसकेको प्रअ बस्नेतले बताउनुभयो । श्रोतकेन्द्र वैठकमा कुरा उठाउदा अहिले नै तपाइको विद्यालयलाई भवन निर्माणको सहयोग हुने अवस्था छैन भन्ने जवाफ आएको उहाँले बताउनुभयो ।
विद्यालयले दुई कोठे भवनमा पठाइरहेकोमा एक वर्ष अघि जिल्ला शिक्षा कार्यालयले दुईकोठे भवन सहयोग गरेको थियो । पुरानो २ कोठे भवन पहिरोले वगाएपछि विद्यालयलाई कक्षाकोठाको समस्या परेको उहाँले बताउनुभयो ।
विद्यालयको छेउबाटै सडक खन्दा विद्यालय भवन पहिरोको जोखिममा प¥यो प्रअ बस्नेतले भन्नुभयो कक्षामा विद्यार्थिहरुले किताव पढ्ताको वेला त एक किसिमको भद्रगोलको स्थीति नै हुन्छ ।

एक वर्ष अघिदेखि विद्यालयले यस्तो समस्या झेलिरहेको हो । हाल विद्यालयमा ६५ जना विद्यार्थि अध्ययनरत छन् । भेडाभाख्रा हुले जस्तै गरी कक्षाकोठामा पठाउनु पर्छ प्रअ बस्नेतले भन्नुभयो निकै मेहनत गरेर पढाएपनि वातावरण नमिल्दा विद्यार्थिको पठाइ समेत सुधार हुदैन । उहाँले थप्नुभयो–‘विद्यार्थिको पढाइ नसुध्रिएपछि आफुहरुको मेहनत वालुवामा पानी हाले जस्तो भएको छ ।’ विद्यालय भवन निर्माणको लागी कतैबाट कुनै सहयोग प्राप्त हुन नसकेको उहाँले बताउनुभयो ।
विद्यालयका सवै शिक्षक निजिश्रोतबाट
विद्यालयबाट अहिले सम्म कुनै किसिमको दरवन्दी प्राप्त नभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिराम बोहराले बताउनुभयो । सानोतिनो श्रोत विद्यालयलाई प्राप्त भएमा निजिश्रोतका शिक्षकलाई तलव खुवाउनमै खर्च हुन्छ उहाँले भन्नुभयोे भवन निर्माण गर्नको लागी गाउलेले रकम उठाउन सक्ने अवस्था छैन विद्यालयमा निजिश्रोतमा कार्यरत तिनैजना शिक्षक महिला हुन ।

 

 

 

प्रतिक्रिया दिनुहोस