सन्दिप बने आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी

काठमाडौं। नेपाली स्पिनर सन्दिप लामिछाने इण्डियन प्रिमियर लिग खेल्ने पहिलो खेलाडी बनेका छन् । दिल्ली डेयरडेभिल्सले उनलाई उनको बेस मूल्य २० लाखमा किनेको छ ।

दिल्ली डेयरडेभिल्समा उनी भारतीय दिग्गज खेलाडी गौतम गम्भीरको कप्तानीमा खेल्नेछन् । दिल्लीले गम्भीरलाई कप्तान घोषित गरिसकेको छ । सन्दिपका कोच अस्ट्रेलियाका दिग्गज खेलाडी रिकी पोन्टिङ हुनेछन् । उनले दिल्लीको टिमबाट आइपिएलको प्लेइङ ११ मा खेल्न पाउने सम्भावना अधिक छ ।

प्रकाशित मिति : २०७४ माघ १४ गते आइतवार
प्रतिक्रिया