दाङमा उद्योग दर्ता गर्नेहरुको संख्या धेरै

 

तुलसीपुर,१२ माघ ।
साना उद्योग व्यबसाय सञ्चालन गर्नका लागि घरेलु तथा साना उद्योग कार्यलयमा दर्ता गर्नुपर्छ । उद्योग दर्ताको लागि दैनिक जसो घरेलु तथा साना उद्योग कार्यालय दाङमा व्यबसायी गर्न लागेकाहरुको भीड लाग्ने गरेको देखिन्छ । जिल्लाका विभिन्न ठाउँका ब्यबसायीहरु उद्योग सञ्चालनका लागि दर्ता गर्न आउने गरेका छन् । यो समाचार विमला घर्तिले राप्ती पोष्टमा लेख्नुभएको छ ।

जसअनुसार घरेलु तथा साना उद्योग कार्यालय दाङले पछिल्लो समयमा उद्योग दर्ता गर्नेहरुको संख्या धेरै भएको जनाएको छ । कार्यालयले दिएको जानकारी अनुसार आर्थिक बर्ष २०७४÷०७५ को ६ महिनाको अबधिमा कार्यालयमा चार सय ९१ वटा उद्योग दर्ता भएका छन् ।

जसमा कृषि तथा बनजन्य तर्फ दुई सय २६ वटा उद्योग दर्ता भएका छन् । पछिल्लो समयमा जिल्लामा कृषि क्षेत्रमा बढेको आर्कषणले गर्दा पनि कृषि तथा बनजन्य उद्योग दर्ताको संख्या बढेको हो । यस्तै उत्पादन मुलक तर्फ ८८ वटा, सेवामुलक तर्फ ९३ वटा, तथा पर्यटन उद्योग तर्फ ८४ वटा उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत उमबहादुर वलीले जानकारी दिनुभयो ।।

प्रकाशित मिति : २०७४ माघ १२ गते शुक्रवार
प्रतिक्रिया