८ वर्षीय बालकको प्रहरीको गोलीले मृत्यु

 

भारतको उत्तर प्रदेशमा आफ्नै आँगनमा हजुरबुवासँग खेलिरहेका एकजना ८ वर्षीय बालकको अकस्मात प्रहरीले चलाएको गोलीले मृत्यु भएको छ । आफ्नो हजुरबुवासँग खेलिरहेका बालकलाई अकस्मात गोली लागेको बताइएको छ ।

उत्तर प्रदेशको मथुरा गाँउमा प्रहरी गएको भएपनि प्रहरी घटनास्थलबाट निकै टाढा रहेको रहेको तर गोली कसरी त्यहाँसम्म आइपुग्यो भन्ने बारेमा भने सबैलाई आश्चर्य लागेको छ । ‘बच्चालाई गोली लागेपछि अस्पताल नपु¥याउँदै निधन भएको छ’, एक प्रत्यक्षदर्शीले भने, ‘प्रहरी गाँउमा गस्तीमा गएको भए पनि घटना भएको समयमा प्रहरी निकै पर रहेकोले प्रहरीकै गोली लागेको भन्न निकै गाह्रो भएको छ ।’

मथुरा जिल्लाको एक गाउँका माधव भारद्वाज नामका ती बालकका हजुरबुवाले प्रहरीले नै गोली प्रहार गरेको ठोकुवा गरेका छन् । सो घटनाका बारेमा प्रहरीले पनि अनुसन्धान गरिरहेको जनाएको छ । गाउँलेले गोली हान्ने प्रहरीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग राखेका छन् ।

प्रकाशित मिति : २०७४ माघ ५ गते शुक्रवार
प्रतिक्रिया