यी हुन् दाङका प्रदेशसभाको समानुपातिक सांसद

तुलसीपुर,५ माघ ।
निर्वाचन आयोगले गत मङ्सिर १० र २१ गते सम्पन्न प्रदेससभा सदस्य निर्वाचनको समानुपातिकतर्फको विजयी उम्मेदवारको नामावली सार्वजानिक गरेको छ । आयोगले सार्वजानिक गरेको सूची अनुसार दाङका चार जना प्रदेशसभाको समानुपातिक सांसद भएका छन् ।

एमालेको तर्फबाट सरस्वती गौतम र धमकली चौंधरी सांसद बन्नुभएको छ भने नेपाली कांग्रेसबाट अर्जुन कुमार श्रेष्ठ सांसद बन्नुभएको छ । त्यस्तै माओवादी केन्द्रले दामाकुमारी शर्मालाई समानुपातिक सांसद बनाएको छ ।

प्रकाशित मिति : २०७४ माघ ५ गते शुक्रवार
प्रतिक्रिया