तुलसीपुरको विपि चोक नजिकै एक पसलमा चोरी

तुलसीपुर, ४ माघ

तुलसीपुरको विपि चोक नजिकै एक पसलमा चोरी भएको छ । सगरमाथा इलेक्ट्रोनिक्सबाट हवाई, जीवनी, लावा, सामसुङ कम्पनीका १७ थान मोवाइल, १० हजारको रिचार्ज कार्ड, पाँच हजार नगद सहति करिब ३ लाख बराबरको चोरी भएको पसल धनी गोविन्द बस्यालले जानकारी दिएका छन् । चोरी विहान चार बजे भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । पसलमा राखीएको सिसि क्यामाराबाट चोरी गर्ने व्यक्ति पत्ता लागेको र छिटै नियन्त्रणमा लिइने प्रहरी नायव उपरिक्षक प्रकाश सापकोटाले जानकारी दिए । चोरले पसलको सटरमा लगाएको ताला फाडेर चोरी गरेको बताइएको छ ।

प्रकाशित मिति : २०७४ माघ ४ गते बिहिवार
प्रतिक्रिया