अस्थायी मुकाम रुपन्देही तोकिएपछि दाङ बासिले दिए यस्तो चेतावनी

माघ ०३, २०७४

दाङ, माघ ३ ।

सरकारले अस्थायी मुकाम दाङ नतोकेपछि आक्रोशित दङालीहरुले आन्दोलन चर्काउने भएका छन । तुलसीपुर उपमहानगरपालिकामा बसेको सर्वदलिय र सर्बपक्षिय बैठकमा सबै दलका पार्टीका नेताहरु, ब्यबसायी र ब्यापारीहरु, नागरिक समाज लगायतको बैठकले सरकारले केन्द्रीय राजधानी बन्ने सम्भावना रहेको दाङलाई विभिन्न बाहानामा दाङलाई उपेक्षा गरेको भन्दै कडा शब्दमा भ्रत्सना गरेको छ ।

बैठकले विभिन्न कडा आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेको अगुवाइमा बसेको आकस्मिक बैठकले विहिवार दाङका सबै शहरहरुमा बिशाल जनप्रदर्शन गर्ने निर्णय गरेको छ । यस्तै बाँके, बर्दिया, कैलाली, रुकुम, रोल्पासंग समन्वय गरेर आन्दोलन चर्काउने पनि दाङबासीहरुले नेपाल सरकारलाई चेतावनी दिएका छन ।

प्रतिक्रिया दिनुहोस