दाङमा अनिश्चितकालिन बन्दको घोषणा

तुलसीपुर, २ माघ

दाङमा अनिश्चितकालिन बन्दको घोषणा गरिएको छ । दाङलाई प्रादेशिक राजधानी नतोकिए सम्म दाङमा अनिश्चितकालिन बन्दको घोषणा गरिएको दाङ प्रादेशिक राजधानी सरोकार समितिले बताएको छ । दाङ प्रादेशिक राजधानी सरोकार समितिको नेतृत्वमा जिल्लाका सम्पुर्ण राजनीतिक दलहरु, उद्योग बाणिज्य संघ, र विभिन्न सामाजिक संघसंस्थाहरुको समन्वयमा दाङका सम्पुर्ण गतिविधिहरु बन्द हुने बताइएको छ । ।
दाङको तुलसीपुर, घोराही, लमही, नारायणपुर, विजौरी, र भालुबाङमा स्थानिय उद्योग बाणिज्य संघको समन्वयमा बुधबार देखि अनिश्चितकालिन बन्दको घोषणा गरीएको सदसय सचिव तथा पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले जानकारी दिनुभयो ।
बुधबार विहानै देखि जिल्लाका कलकारखाना, विद्यालय, यातायात लगाएतका सम्पुर्ण गतिविधिहरु बन्द गरीएको उहाले जानकारी दिनुभयो ।

 

जनजिवन कष्ठकर बन्ने
प्रदेश राजधानीको माग गर्दै अनिश्चितकालिन चक्काजाम गरिने भए पछि नागरिकको जनजिवन कष्ठकर बन्ने देखिएको छ । वन्द गर्नु पूर्व २४ घन्टा अगाबै सूचना दिनुपर्ने भएपनि त्यसो नगरी एक्कासी गरिने वन्दले विभिन्न काम विषेशले जिल्लाबाहिर जाने र दाङ भएर गन्तव्यमा जाने नागरिकहरु यसको चपेटामा पर्ने देखिएको छ ।

 

 

प्रकाशित मिति : २०७४ माघ २ गते मङ्गलवार
प्रतिक्रिया