नमुनामय बन्दै जनज्योती विद्यालय

बसन्त परियार,तुलसीपुर २ माघ ।
तुलसीपुर उपमहानगर भित्रको एउटा विगट गाँउ हो, तुहिरनियापुर । जुन उपमहागरको वडा नम्बर १३ मा पर्दछ । जहा पुग्न तुलसीपुर देखि २० किलोमिटर दुरी पार गर्नुपर्दछ । त्यहि गाँउमा अवस्थित छ, एउटा सामुदायिक विद्यालय। जो अहिले नमुनामय विद्यालय बन्दै गएको छ। हरेक सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किरहदा विद्यालयले बर्षेनि गुणस्तर बृद्धि गर्दै गईरहेको छ ।

वि.स.२०१४ सालमा स्थापना भएको विद्यालयको भौतिक अवस्था निकै जिर्ण थियो। जस्ले गर्दा विद्यार्थिहरु चुनेछाना मुनि जोखिम मोलेर पढ्न बाध्य थिए। पर्खाल नहुदा विद्यालयमा पढाई सञ्चालन हुदा पनि बस्तुचौपायहरु चौरभरी हुन्थ्ये। एक हिसावले भन्ने हो भने विद्यालय परिसर नै गौचरण जस्तै बनेको थियो। जस्ले गर्दा विद्यालय हो होईन छुट्याउनै मुस्किल हुन्थ्यो कुनै वेला । दक्षिण पुर्विमा अवस्थित जनज्योति मावि तुहिरनियापुर कुनै वेला यस्ता समस्यै समस्याले थलिएको थियो । तर विद्यालयले अहिले काचुलि फेरेको छ ।

गरेपछि सम्भव हुदो रैछ भन्ने उदाहरण दिएको छ उक्त विद्यालयलले। त्यसो त छोटो समयमा विद्यालयले गरेको यो परिवर्तन प्रति अभिभावकहरु निकै खुसी छन। विद्यालयको भौतिक पुर्वाधार सुधारीएको र शैक्षिक स्तर पनि माथि उक्सीएको अभिभावक झम बहादुर बस्नेत बताउछन। अहिले विद्यालयले फड्को मार्दा आफु खुसी भएको उनि बताउछन। यस्तै सन्तुष्टि छन् अर्का अभिभावक देव बहादुर विक पनि । ‘आफ्ना छोराछोरीले पढाईमा गरेको चासो र उनिहरुको अनुशासन देख्दा खुसी छु’ उनले भने । त्यसो त विद्यालय सुधार गर्नका लागि आफुहरुले पनि सहयोग गर्ने अभिभावक बताउछन।
विद्यालयको बर्तमान अवस्था
अहिले विद्यालयले शैक्षिक सुधारमा परिवर्तन भएको बताउछ। विद्यालयको भौतिक सुधार देखि लिएर शैक्षिक अवस्था सुध्रिएपछि विद्यार्थिहरु पनि केहि बढि नै छन। विद्यालय पुग्ने जोकोहिलाई पनि लाग्न सक्छ,सामुदायिक विद्यालय होकि वोर्डिङ हो भनेर। यत्रतत्र छरिएका विद्यार्थि देखिने विद्यालयमा अहिले विद्यार्थिहरु मध्यान्तरमा मात्र देखिने गर्दछन । कुनै शिक्षक अनुपस्थित भए विद्यार्थिहरु खालि घण्टी भनेर बाहिर निस्कने परम्परा प्राय सामुदायिक विद्यालयमा छ।

त्यहा शिक्षक अनुपस्थित भएमा विद्यार्थिहरु आफै विषयगत छलफलमा संलग्न हुने गर्दछन । प्राय गरीव र दलित विद्यार्थि रहेको विद्यालयमा उनिहरुको अनुशासन सह्रायिन छ। विद्यालयले कक्षा १० मा अध्यनरत विद्यार्थिहरुको लागि छात्राबासको ब्यवस्था गरेको छ। विद्यालयमा अहिले विज्ञान प्रयोगशाला र कम्प्युटर प्रयोगशाला छुट्टटा छुट्टै कोठामा सञ्चालन गरी विद्यार्थिहरुले थप ज्ञान लिईरहेका छन। धेरै बर्ष सम्म विद्यार्थिहरु जिर्ण भवण भएको चुने छाना भएको भवणमा पढ्न बाध्य थिए ।

तर अहिले जिल्ला शिक्षा कार्यालय दाङको ४८ लाख बजेटमा ६ कोठे भवण बनेपछि सहज भएको छ। त्यसैगरी गौचरणका रुपमा रहेको विद्यालय कम्पाउण्डमा तारजाली र पक्की पर्खाल लगाईएको छ । कतारमा रहेका युवाहरुको सहयोगबाट पर्खाल तथा गेट बनाइएको छ। यसका साथै संसद विकास कोष र शान्ती मन्त्रालय माफर्त भौतिक संरचना निर्माण भएका हुन।

तर विद्यालयमा एउटा समस्या भने विकराल छ। विद्यालयले बर्षौ देखि खानेपानीको समस्या झेलिरहेको छ । त्यहा पटक पटक ईनार खनाएतापनि बेला बेलामा सुक्ने हुदा समस्या भएको बताइएको छ । यसका साथै विद्यालयले कक्षा ११ र १२ को पढाई सञ्चालनका लागि सम्बन्धन ल्याउने लक्ष्य रहेको बताउछ। यसका लागि सबैको साथ आवस्यक रहेको विद्यालय ठान्दछ।
कसरी भयो सम्भव ?
वि.स.२०७१ साल श्रावण १७ गते स्थायी नियूक्ति पाएका तुलसीपुर – १ भमके निवासी प्रकाश भट्टराई मंसीर १ गते प्रधानाध्यापकमा नियूक्त भएका थिए । त्यसपछि विद्यालयमा निक्कै परिवर्तन भयो। २४ बर्षको कलिलो उमेरमा नै माध्यमिक विद्यालयमा हेडमास्टर भएर हाक्ने जिम्मा पाएका भट्टराईले विद्यालय नमुना बनाउने अठोट लिए । कान्छो हेडसर भनेर चिनिने भट्टराईलाई जिम्मेवारी धेरै थपियो। वि.स.२०७० सालमा शिक्षक सेवा आयोग बाट अंग्रेजी विषयबाट दाङमा पहिलो नम्बरमा उनले नाम निकालेका थिए।

२०६९ सालमा त्रिभुवन विश्वविद्यालय अन्र्तगत शिक्षाशास्त्र अंग्रेजी विभागका टपर विद्यार्थि पनि हुन् उनि। जव काधमा जिम्मेवारी आएपछि उनले अनेकौ सामना गर्दै विद्यालयलाई अहिले नमुना बनाउन थालेका छन। सामुदायिक विद्यालयको शैक्षिक स्तर खस्कीएको बेला उनले एक उदाहरण दिन थालेका छन। यसका लागि विद्यालयले हरेक महिनामा परीक्षा सञ्चालन गर्ने गर्दछ। हरेक ३ महिनामा विद्यार्थीको चालचलन र परीक्षाको नतिजा जानकारी दिनका लागि शिक्षक र अभिभावकको विचमा समेत विद्यालयलले अन्र्त्क्रिया गर्ने गरेको छ । मासिक परीक्षा समेत सञ्चालन गर्दै आएको विद्यालयले हरेक विद्यार्थिको अलग अलग फाईल बनाएको छ ।

यसले गर्दा विद्यार्थिहरुको प्रगति अभिभावले समेत जानकारी लिने गरेका छन । यसका साथै कक्षा १० मा अध्ययरत विद्यार्थिहरुको नतिजामा सुधारका लागि २०७१ सालमा होस्टेल सञ्चालन भयो । त्यहि सालमा विद्यालयले नतिजा धेरै नै सुधार ग¥यो । तीन महिने होस्टेलले नतीजामा सुधार आएपछि यसलाई विद्यालयलले निरन्तरता दिईरहेको प्रधानाध्यापक भट्टराई बताउछन। विद्यार्थि नियमित नहुने प्रचलन हटाउन गयल शुल्क उठाउन सुरु भयो । जसको फलस्वरुप अहिले विद्यार्थिहरु नियमित छन।

गयल शुल्कबाट उठेको पैसा उनिहरु आफै विभिन्न कार्यक्रममा खर्च गर्छन् । उनिहरुले एक दिनको ५ रुपैया उठाईरहेका छन। यस्ले गर्दा विद्यालय नियमित पनि छन् र दैनिक विद्यालयमा अनुपस्थित हुने विद्यार्थिको संख्या २० पनि हुदैन। १६ जना शिक्षक कर्मचारी रहेको विद्यालयमा अहीले ३ सय ७९ विद्यार्थि संख्या रहेको छ। उनिहरु नियमित रुपमा विद्यालय पोशाक,जुत्ता र झोला लिएर मात्रै विद्यालय आउने गर्दछन।

विद्यालयमा छोटो समयमा नै देखिएको यो परिवर्तनमा सवैको साथ र सहयोग रहेको प्रधानाध्यापक भट्टराई बताउछन। हामि सबै शिक्षक स्टापको समुहले नै यो सम्भव भएको उनि बताउछन । यसका साथै हुम बहादुर नेपाली अध्यक्ष रहेको विद्यालय ब्यवस्थापन समितिको साथ पनि उत्तिकै रहेको उनको भनाई छ।

 

प्रकाशित मिति : २०७४ माघ २ गते मङ्गलवार
प्रतिक्रिया