२८औ राष्ट्रिय च्याम्पीयनसिप फुटवल आज देखि

बिमल गौतम,दाङ २ माघ ।
दाङमा आज देखि शुरु हुन लागेको राष्ट्रिय फुटवलको सम्पुर्ण तयारि पुरा भएको छ । आज माघ २ गते देखि ६ गते सम्म हुन लागेको २८औ राष्ट्रिय च्याम्पीयनसिप फुटवल प्रतियोगिताका लागी आवश्यक सम्पुर्ण तयारि पुरा गरेको दाङ जिल्ला फुटवल संघले जनाएको छ । राष्ट्रिय खेलकुद परिषदको आयोजनामा हुन लागेको फुटवलको आज २ गते तुलसीपुरको अरनिको मैदानमा उदघाटन गरिने भएको छ ।

जिल्लामा हुन लागेको फुटवल प्रतियोगिता लाई भव्य एवम सभ्य रुपमा सम्पन्न गर्नका लागी तुलसीपुर र घोराहि दुवै ठाउँमा तयारी पुरा भएको जनाईएको छ । उद्घाटन खेल तुलसीपुरको अरनिको मैदान र समापन घोराहिको भरतपुर खेलमैदान हुने भएका छन । अन्य खेलहरु समेत तुलसीपुर र घोराहिमा हुने फुटवल संघका अध्यक्ष शुसिल श्रेष्ठले बताउनु भयो । प्रतियोगिता अन्र्तगत भोलि हुने खेलका लागि खेलाडिहरु समेत जिल्ला आई सकेका छन भने अन्य खेलाडिहरु समेत आउने क्रममा रहेको श्रेष्ठले बताउनु भयो ।

श्रेष्ठका अनुसार आज प्रतियोगिताको उदघाटन अघि १० बजे तुलसीपुरमा प्रभात फेरिको समेत आयोजना गरिएको छ । तुलसीपुरको त्रीशिद्धेश्वरि मन्दिरबाट प्रभातफेरि शुरु भै अरनिको मैदानमा पुगेर समापन गरिने छ । त्यसैगरि प्रतियोगिताको उदघाटत तुलसीपुरमा दिउसो १ बजे हुने छ । प्रतियोगिताको पहिलो खेलमा शसस्त्र प्रहरिको बिभागिय टिम र मध्यपश्चिम बिकास क्षेत्र बिच हुने श्रेष्ठले बताउनु भयो ।

त्यस्तै आज नै घोराहिमा २ तिस बजे देखि मध्यमाञ्चल क्षेत्रिय टिम र सुदुरपश्चीमाञ्चल क्षेत्रिय टिम बिच हुने छ । त्यसैगरि ३ गते तुलसीपुरमा १ बजे देखि नेपाल पुलिस क्लव र पश्चिमाञ्चल क्षेत्रिय टिम बिच हुने छ भने घोराहिमा सोहि समयमा पुर्वाञ्चल क्षेत्रिय टिम र त्रिभुवन आर्मि क्लव बिच हुने छ । त्यसैगरि ४ गते तुलीपुरमा शसस्त्र प्रहरिको बिभागिय टिम र मध्यपश्चिमाञ्चल बिकास क्षेत्र बिचको बिजेता र नेपाल पुलिस क्लव र पश्चिमाञ्चल क्षेत्रिय टिम बिचको बिजेताका बिचमा हुने छ ।

त्यसैगरि ४ गते घोराहिमा पनी १ बजे देखि मध्यमाञ्चल क्षेत्रिय टिम र सुदुरपश्चीमाञ्चल क्षेत्रिय टिम बिचको बिजेता र पुर्वाञ्चल क्षेत्रिय टिम र त्रिभुवन आर्मि क्लव बिचको बिजेताको बिचमा खेल हुने छ । त्यसैगरि प्रतियोगिताको अन्तीम तथा फाईनल खेल ६ गते घोराहिमा २ बजे देखि ४ गते तुलसीपुरमा हुने खेलका बिजेता र घोराहिमा हुने खेलका बिजेताका बिचमा हुने खेल तालिका रहेको संघका अध्यक्ष श्रेष्ठले जानकारि दिनुभयो ।

यसैविच दाङ जिल्ला फुटवल संघले एक बिज्ञप्ति जारि गरि आज देखि दाङको तुलसीपुरमा हुन लागेको राष्ट्रिय फुटवल प्रतियोगिता भव्य एवम सभ्व रुपमा सम्पन्न गर्नका लागी सहयोग गर्न सवैमा अनुरोध गरेको छ । सघका अध्यक्ष शुसिल श्रेष्ठ र महासचिव नरेन्द्र पुनले बिज्ञप्ती जारी गरी दुवै ठाउँमा हुने प्रतियोगतामा उल्लेख्य रुपमा दर्शकहरु सहभागि भै प्रतियोगिता एव खेलाडिहरुको हौसला वढाईदिन समेत आग्रह गर्नु भएको छ ।

प्रकाशित मिति : २०७४ माघ २ गते मङ्गलवार
प्रतिक्रिया