कक्षा ११ को नतिजा सार्वजनिक

पुष २९, २०७४  |  १५० पटक पढिएको

२९ पुस, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११को नियमिततर्फको नतिजा सार्वजनिक गरेको छ । शनिबार बेलुकी एक सूचना जारी गर्दै बोर्डले परीक्षाको नतजिा सार्वजनिक भएको जनाएको छ ।

नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक भएको हो । बोर्डले असार १ गतेदेखि परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा ३ लाख ४७ हजार ७४८ विद्यार्थी सहभागी भएकोमा ७४ जनाको परीक्षा रद्धभएको छ भने १ जनाको स्थगित गरिएको छ । परीक्षाको नतिजा  http://neb.ntc.net.np मा हेर्न सकिने बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस